यामाहा स्कुटर किन्दा बुटवलकी सरस्वती खनालले जितिन १० लाख ३ हजार रुपैयाँ पुरस्कार
काठमाडौं–यामाहा नेपालको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’...
काठमाडौं– यामाहा नेपालले आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । १४ फेब्रुअरीमा आयोजना गरिएको उक्त कार्यक्रममा उत्साही यामाहा राइडरहरू सहभागी भई रमाइलो र सम्झनलायक यात्रा गरेका थिए ।
राइड यामाहा नक्साल शोरुमबाट सुरु भई रमणीय जर्सिङपौवा तर्फ अगाडि बढेको थियो । कार्यक्रममा यामाहा एमटी–१५ र आर१५ मोडेलका ३५ जना राइडरहरूको सहभागिता रहेको थियो, जसले नेपालमा बढ्दै गएको यामाहा राइडिङ समुदायलाई झल्काएको थियो ।
कम्पनीका अनुसार, यो राइड केवल यात्रा मात्र नभई सिक्ने, सम्बन्ध विस्तार र मोटरसाइकल यात्राको भावना मनाउने अवसर पनि थियो । कार्यक्रममा वर्षा बस्नेत, आर१५ १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा सोही वर्गमा ६ पटक विजेता भइसकेकी प्रतिभाशाली महिला रेसर, कार्यक्रममा सहभागी भइन् । उनी नेपाली रेसिङ क्षेत्रमा प्रेरणादायी महिला राइडरमध्ये एक हुन् । साथै, नेपाल रोड रेसिङ च्याम्पियनसिपको राष्ट्रिय वर्गमा दुई पटक विजेता बनेका श्रीहरि पौडेल पनि राइडमा सहभागी भएका थिए ।
कार्यक्रमको अन्तरक्रिया सत्रमा दुवै रेसिङ च्याम्पियनले आफ्ना अनुभव साझा गरेका थिए । उनीहरूले आफ्नो राइडिङ यात्रा, सामना गरेका चुनौतीहरू तथा प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनबारे जानकारी दिएका थिए ।
साथै, सहरका सडक, राजमार्ग तथा घुमाउरा मोडहरूमा मोटरसाइकल कसरी सुरक्षित र सही तरिकाले चलाउने भन्ने विषयमा व्यावहारिक सुझाव पनि दिएका थिए। रेस ट्र्याकको अनुभवले सहभागी राइडरहरूलाई मोटरसाइकल नियन्त्रण, सुरक्षा र आत्मविश्वासका विषयमा थप ज्ञान प्रदान गरेको थियो ।
जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीचको सम्बन्ध अझ बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गरेको कम्पनीको भनाई छ । यस्ता सामुदायिक कार्यक्रममार्फत यामाहा नेपालले राइडरहरूलाई जोड्ने, सिक्ने र सँगै अघि बढ्ने अवसर प्रदान गर्दै आएको छ । यो कार्यक्रम साहसिक यात्रा, ज्ञान आदान–प्रदान र सामुदायिक भावनाको उत्कृष्ट संयोजन बनेको थियो, जसले सहभागी सबैलाई अविस्मरणीय अनुभव दिएको छ ।
यामाहा ब्लु स्ट्रिक्स नेपालमा यामाहाको आधिकारिक राइडर समुदाय हो । यसको उद्देश्य उत्साही यामाहा राइडरहरूलाई एउटै समूहमा जोड्नु हो । यसले यामाहाको रेसिङ भावना, उत्कृष्ट प्रदर्शन र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रतिनिधित्व गर्छ। ब्लु स्ट्रिक्स केवल राइडिङ समूह मात्र होइन, यो यामाहा राइडरहरूको भाइचारा हो । सदस्यहरूले सामूहिक राइड, सुरक्षा सचेतना कार्यक्रम, ब्रान्ड कार्यक्रम, र सामाजिक गतिविधिहरूमा नियमित रूपमा सहभागी हुन्छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...