०५७ सालमा मारुती ८०० किन्ने पैसाले आउथ्यो १०० तोला सुन, कति थियो मूल्य ?

काठमाडौं – अहिले बजारमा उपलब्ध मारुती सुजुकी ८०० को मूल्य कति होला ? अनि २०५७ साल तिर यसको मूल्य कति थियो होला ? अझ त्यो भन्दा पहिले झन कति थियो होला ?

यो कुरामा धेरैको चासो हुन सक्छ । तर पनि सबैलाई त्यो बेलाको कुनै पनि सवारी साधनको मूल्य थाहा नहुन सक्छ । तर अटोमोबाइल वा अन्य कुनै पनि पुराना कुराहरुको विशेष चासो राख्दै आएका पोखरा निवासी सुनिल उलकले यो तथ्यलाई उजागर गरेका छन् ।

सुनिल उलकले हालै आफ्नो फेसबुक पोस्टमा मारुती ८०० को २०५७ सालतिरको मूल्य वारे खुलासा गरेका छन् । उनले लेखेका छन्, ‘जीवनको पहिलो निजी गाडी किनेको पनि २६ वर्ष भइसकेको रहेछ । त्यतिबेला मारुती ८०० गाडी ५,९४,००० मा किनिएको रहेछ । गाडी बुक गरेको ४ महिना पछाडि २०५७ बैशाख २० गते डेलिभरि दिएको रहेछ । त्यो समय यति पैसाले सुन किनेको भए १०० तोला आउँथ्यो । आज त्यो सुन बिक्री गर्दा ३ करोड आउँथ्यो । घडेरीमा हालेको भए त ६ करोड नै पुग्थ्यो होला ।’

त्यो बेलामा मारुती ८०० गाडी किन्नु नै ठूलो कुरा थियो । अहिले मारुती सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले मारुती सुजुकीका गाडी नेपालमा बिक्री–वितरण गरिरहेको छ । अहिले मारुती ८०० मोडल नै भने बिक्रीका लागि उपलब्ध छैन । अहिले नेपालमा यसैको परिमार्जित मोडल अल्टो के१० उपलब्ध छ । यो पनि १ हजार सीसी मोडलमा उपलब्ध छ । नेपालमा मारुती ८०० का मोडल धेरैजसो ट्याक्सीको रुपमा अझै पनि सडकमा देख्न सकिन्छ । मूल्य सूची अनुसार मारुती सुजुकी अल्टोको सबैभन्दा कम मूल्यको भेरिएन्ट अल्टो के१० एलएक्सआईको मूल्य २८ लाख ४० हजार रुपैयाँ छ ।

तर के अहिलेको यो मूल्यले पहिले जस्तो १०० तोला सुन आउँछ त ? त्यो सम्भावना छैन । अहिले त्यो सुन बिक्री गर्दा आउने १०० तोला, बिक्री गर्दा आउने ३ करोड र घडेरी बिक्री गर्दा आउने ६ करोड सुन्दा पनि आश्चर्य लाग्छ ।

त्यसो भए गाडीमा लगानी गर्नु व्यर्थै रैछ त ? अवश्य पनि होइन । कुनै पनि सवारी साधनमा लगानी गर्नु भनेको विलाशीता मात्र होइन । आवश्यकता पनि हुन्छ । यो तथ्यलाई सुनिल उलकको स्टाटसमा गरिएको कमेन्टहरुले पनि पुष्टि गरेको छ । त्यो समयमा गाडी चढ्नु र त्यही अनुसारको जीवनशैली अपनाउनु पनि ठूलो कुरा हो । फेरि आफ्नै सवारीमा यात्रा गर्नुको मज्जा नै बेग्लै भन्ने लगायतका कुराहरुले पनि अर्थ राख्छ ।

सम्बन्धित समाचारहरू

भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६...

२०१४ मा लन्च भएको मिड साइज सेडान कार सियाजले पार ग-यो ३ लाख बिक्री आँकडा

२०१४ मा लन्च भएको मिड साइज सेडान कार सियाजले पार ग-यो ३ लाख बिक्री आँकडा

मारुती सुजुकीको मिड साइज सेडान कार सियाजले घरेलु बजारमा ३ लाख बिक्रीको...

यस्ता छन् मारुती सुज़ुकीको पहिलो इलेक्ट्रिक कार ई-भिटाराका ५  विशेषता  

यस्ता छन् मारुती सुज़ुकीको पहिलो इलेक्ट्रिक कार ई-भिटाराका ५ विशेषता  

मारुती सुजुकीले ई-भिटाराको माध्यमबाट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...