किया सेल्टोस : ७ वर्ष नपुग्दै ६ लाख बिक्रीको कीर्तिमान

किया इन्डियाको लोकप्रिय मोडल किया सेल्टोसले नयाँ कीर्तिमान कायम गरेको छ। सन् २०१९ मा लन्च भएदेखि हालसम्म ७ वर्ष नपुग्दै सेल्टोसले ६ लाख युनिट बिक्रीको ऐतिहासिक उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।

मिड साइज एसयूभी सेगमेन्टमा सेल्टोसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यस सेगमेन्टमा हुन्डाई मोटर इन्डिया, मारुती सुजुकी, टाटा मोटर,  टोयोटा मोटर तथा स्कोडा जस्ता कम्पनीका लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गर्दै सेल्टोसले बलियो उपस्थिति जनाएको हो ।

डिजाइन, प्रविधि र इन्जिन विकल्पका हिसाबले सेल्टोस ग्राहकहरूको रोजाइमा परेको छ। यसमा पेट्रोल र डिजेल दुवै इन्जिन विकल्प उपलब्ध छ भने विभिन्न अटोमेटिक र म्यानुअल गियर सिस्टमका विकल्प पनि दिइएको छ । यसको एक्टेरियर, आधुनिक आन्तरिक सजावट र ठुलो इन्फोटेनमेन्ट सिस्टमले यसलाई प्रिमियम अनुभूति दिने सवारीका रूपमा स्थापित गरेको छ। हाल यसको एक्स शोरूम मूल्य १० लाख ९९ हजार भारुबाट सुरु भई १९ लाख ९९ हजार भारुसम्म पुग्छ।

कम्पनीका अनुसार सेल्टोसको कुल बिक्रीमध्ये २९ प्रतिशत हिस्सा टप भेरिएन्टको रहेको छ। यसले ग्राहकहरू अब प्रिमियम सुविधा, एडभान्स सेफ्टी टेक्नोलोजी तथा थप सुरक्षा प्रविधिप्रति आकर्षित भइरहेको संकेत गर्दछ। साथै इन्ट्री तथा मिड भेरिएन्टको माग पनि बढिरहेको छ ।

यस उपलब्धिसँगै किया सेल्टोसले भारतीय मिड साइज एसयूभी बजारमा आफ्नो प्रभाव अझ मजबुत बनाएको विश्लेषण गरिएको छ।

सम्बन्धित समाचारहरू

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको किया क्यारेन्स ७ सिटर एमपिभी

कियाको ७ सिटर एमपिभी क्यारेन्स अन्तत नेपाल आउने भएको छ । भारतमा १ वर्षअघि...

ग्राहक झुक्याउदै छ कियाको नयाँ लोगो : प्रत्येक महिना ३० हजारले केएन कार भनेर गर्छन् गुगल सर्च

ग्राहक झुक्याउदै छ कियाको नयाँ लोगो : प्रत्येक महिना ३० हजारले केएन कार भनेर गर्छन् गुगल सर्च

कियाले सन् २०२१ मा रेकर्ड ब्रेकिङ पाइरोटेक्निक डिस्प्ले सहितको नयाँ लोगो...

तीन वर्षमा कियाले भारतबाट निर्यात गर्यो १ लाख ५० हजार कार, ७२ प्रतिशत हिस्सा सेल्टोसको

तीन वर्षमा कियाले भारतबाट निर्यात गर्यो १ लाख ५० हजार कार, ७२ प्रतिशत हिस्सा सेल्टोसको

कोरियन अटो निर्माता कियाले तीन वर्षमा भारतबाट १ लाख ५० हजार बढी कार निर्यात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...