चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई-भिटारा लन्च गरेपछि अब थप तीन नयाँ मोडल ल्याउने तयारी थालेको छ। कम्पनीले सन् २०२६ सम्म अटोमोबाइल बजारमा थप प्रभाव जमाउने लक्ष्यसहित नयाँ–नयाँ मोडल ल्याउने रणनीति बनाएको छ।
ई-भिटारासँगै कम्पनीले नयाँ पुस्ताको फ्रोन्क्स फेसलिफ्ट संस्करण ल्याउने तयारी गरिरहेको छ। आगामी फ्रोन्क्सलाई अझ आधुनिक र प्रविधियुक्त बनाइँदैछ। विशेषगरी सो गाडी फ्लेक्स फ्युल प्रविधिमा आधारित हुनेछ, जसले पेट्रोल र इथानोलको मिश्रणमा चल्ने सुविधा दिनेछ। यसले वातावरणीय प्रदूषण घटाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। सेफ्टीका लागि नयाँ फ्रोन्क्समा लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम समावेश हुने अपेक्षा गरिएको छ ।
त्यस्तै कम्पनीले आफ्नो लोकप्रिय स्पोर्ट युटिलिटी सवारी ब्रेजाको फेसलिफ्ट संस्करण पनि ल्याउने तयारी गरेको छ। नयाँ ब्रेजामा सबैभन्दा महत्वपूर्ण परिवर्तन सीएनजी मोडलमा देखिने बताइएको छ। कम्पनीले यसमा अन्डरबडी सीएनजी ट्याङ्की जडान गरिने सम्भावना छ, जसअन्तर्गत ग्यास सिलिन्डर बुट स्पेसमा नभई गाडीको तल्लो भागमा राखिनेछ।
यसैबीच कम्पनीले वाईएमसी कोडनाम दिइएको नयाँ इलेक्ट्रिक सवारी साधनमा समेत काम गरिरहेको छ। यो ७ सीटर इलेक्ट्रिक गाडी हुनेछ र यो कम्पनीको पहिलो इलेक्ट्रिक एमपीभी मोडल हुने सम्भावना रहेको छ । ठूलो परिवारलाई लक्षित गर्दै विकास भइरहेको सो गाडी ई-भिटाराकै प्लेटफर्ममा आधारित हुने अनुमान गरिएको छ। साथै यसमा ई-भिटारा समान ब्याट्री विकल्प उपलब्ध गराइनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...