पाँच भेरिएन्टमा आयो निसान ग्रेभाईट, यस्तो छ मूल्य र फिचर

निसानले आफ्नो बहुप्रतिक्षित कम्प्याक्ट एमपिभी ग्रेभाईट लन्च गरेको छ । पाँच भेरिएन्टमा उपलब्ध यस गाडीको सुरुवाती मूल्य ५ लाख ६५ हजार भारु निर्धारण गरिएको छ ।

रेनो ट्राइबरमा आधारित यस एमपिभीमा ग्लस कालो हेक्सागोनल ग्रिल र सिल्भर सी–आकारको इन्सर्ट सहितको फ्रन्ट वम्पर दिइएको छ । एकीकृत एलइडी डिआरएलएस सहितको स्मोक्ड हेडल्याम्प र केन्द्रमा क्रोम गार्निशको साथ स्मोक्ड टेललाइटले ग्रोभाईटलाई निकै आकर्षक र बोल्ड देखाएको छ ।

बोनट र टेलगेटमा ’ग्रेभाइट’ अक्षरलाई कलात्मक तवरले लेखिएको यस गाडीमा आकर्षक रुफ रेल, कालो ह्वील आर्च क्ल्याडिङ र १५–इन्च फ्लेक्स ह्वील समावेश गरिएको छ ।

गाडीमा डुअल टोन इन्टेरियर दिइएको छ भने थ्री स्पोक स्टेयरिङ ह्वील, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र वायरलेस एन्ड्रोइड अटो तगा एप्पल कारप्ले सहितको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पाउन सकिन्छ ।
साथै, यसमा रियर एसी भेन्टहरू, वायरलेस चार्जर, रेन सेन्सिङ वाइपर, टायर प्रेसर मनिटरिङ सिस्टम, रियरभ्यू क्यामेरा र ६ वटा एयरब्याग सहितको अटोमेटिक क्लाइमेट कन्ट्रोल समेत उपलब्ध गराइएको छ ।

निसानले ग्रेभाइटको लन्च संस्करणमा डुअल च्यानल ड्यासक्याम, एम्बियन्ट लाइटिङ र जेबिएल साउन्ड सिस्टम समेत उपलब्ध गराएको छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा ग्रेभाइटमा, १.० लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ७१ बिएपची पावर र ९६ एनएम टर्क जेनरेट गर्दछ । कारमा ५–स्पीड म्यानुअल र एएमटी गियरबक्सको विकल्प पाइनेछ ।

ग्रेभाईट नेपाली बजारका लागि समेत प्रतिक्षा गरिएको एमपिभी हो । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यस एमपिभीलाई छिट्टै बिक्री थाल्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य ३० लाख हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...

मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

मेगा मोटर्सका तीन सोरुममा एक्सचेन्ज क्याम्प प्रारम्भ : गाडीमा ४ लाख सम्म नगद छुट

काठमाडौं – निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर...

अर्को वर्षदेखि अल्टो८०० र हुन्डाई आई२० जस्ता १७ कार किन्न नपाइने

अर्को वर्षदेखि अल्टो८०० र हुन्डाई आई२० जस्ता १७ कार किन्न नपाइने

भारतमा रियल ड्राइभिङ इमिसन (आरडीई) नर्म्स उत्सर्जन नियम लागू हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...