जिप मेरिडियनको विशेष संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

जिपले भारतमा मेरिडियनको नयाँ संस्करण ‘ट्रयाक’ लन्च गरेको छ । मेरिडियन ओभरल्याण्डमा आधारित सो लिमिटेड एडिसन फोर वाई टु र फोर बाई फोर संस्करणमा उपलब्ध छ । जसको मूल्य, क्रमशः ३५ लाख ९५ हजार र ३८ लाख ८२ हजार भारु निर्धारण गरिएको छ ।

मेरिडियन ट्रयाक संस्करणमा नयाँ ग्रिल, १८ इन्चको डायमण्ड–कट एलोय ह्विल, सिग्नेचर ट्रयाक संस्करण हुड डेकल र ट्रयाक संस्करण लोगो राखिएको छ ।

एसयूभीको दोस्रो पङ्क्तिमा रहेको सिटलाई १४० मिमी अगाडि स्लाइड गरेर सजिलै तेस्रो पङ्क्तिमा पहुँच कायम गर्न सकिन्छ । भित्री भागमा सुएड इन्सर्ट, कोर्टिना छालाले बेरिएको स्टेयरिङ ह्विल, पियानो ब्ल्याक बेजेलसहितको डार्क एस्प्रेसो एक्सेन्ट र क्याबिन तथा फ्लोर म्याटहमा एम्बोस्ड ट्रयाक एडिसन एप्लिकहरू राखिएका छन् ।

एसयूभीमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, प्रिमियम अल्पाइन अडियो सिस्टम, डुअल–टोन प्यानोरामिक सनरुफ, मेमोरी फंक्सन सहितको १२ वे भेन्टिलेटेड सिट र लेभल २ एडास जस्ता सुबिधा दिइएको छ ।

मेरिडियन ट्रयाक संस्करणमा स्ट्यान्डर्ड संस्करणमा जस्तै २.० लिटर डिजेल इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १६८ बिएचपी र ३५० एनएम टर्क जेनेरेट गर्दछ । ९ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको सो विशेष संस्करण टु–ह्विल ड्राइभ र फोर–ह्विल ड्राइभ कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारहरू

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

काठमाडौँ – काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...