चर्चामा लिपमोटरको नयाँ एसयूभी ए१०, नेपालमा प्रतीक्षा

लिपमोटरको नयाँ एसयूभी ए१० ले अहिले चर्चा पाइरहेको छ । इन्ट्री लेभल ईभी एसयूभी प्याकेजमा भएको प्रिमियम स्टाइलका कारण यसको विशेष चर्चा भएको हो ।

चीनबाट बिक्री सुरु हुने ए१० एसयूभी ४० र ५३ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित आउने छ । यसमा रहेको सानो ब्याट्री ३९.८ किलोवाट आवरको छ । जसको सीएलटीसी रेन्ज ४०३ किलोमिटर दाबी गरिएको छ । यसले अनरोडमा ३०० किलोमिटर आसपास रेन्ज दिने अनुमान छ ।

ठूलो ५३ किलोवाट आवरको ब्याट्रीले ५०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले जनाए पनि सडकमा ३७० किलोमिटर आसपासको रेन्ज रहनेछ । चार्जिङको मामलामा पनि यो मोडल उत्कृष्ट रहने छ । यसलाई डीसी चार्जरको सहायताले १६ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

‘टेक्नोलोजिकल नेचुरल एस्थेटिक २.०’ डिजाइन ल्यांग्वेजमा तयार भएको ए१० एसयूभीमा स्माइलिङ हेडल्याम्प र हाहा टेललाइट दिइएको छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहेको छ । ह्विलबेस २६०५ एमएम लामो छ ।

नेपाली बजारमा सांग्रिला मोटर्सले २०२६ को मध्य सम्ममा ए१० एसयूभी उपलब्ध गराउने अनुमान गरिएको छ । यसले नेपाली बजारमा बीवाईडी एट्टो २ लगायतका मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

फोर्ड र केई ब्रान्डका गाडी बिक्री गरिरहेको जीओ अटोमोबाइल्सले अब एमजी गाडी पनि बेच्ने

काठमाडौं – नेपाली बजारमा फोर्ड र केई ब्रान्डका सवारी साधन बिक्री–वितरण...

जुम्लामा पहिलोपटक पुग्याे विद्युतीय भ्यान, दुर्गम यात्रामा ‘डाँफे’को प्रवेश

जुम्लामा पहिलोपटक पुग्याे विद्युतीय भ्यान, दुर्गम यात्रामा ‘डाँफे’को प्रवेश

काठमाडौँ – नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ...

नेपाली बजारमा अब जिलीको ईएक्स५ ईभी, नाडा अटो शोमा विशेष अफर हुने

नेपाली बजारमा अब जिलीको ईएक्स५ ईभी, नाडा अटो शोमा विशेष अफर हुने

काठमाडौं– नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...