ट्रायम्फले भारतमा बेच्यो १ लाख युनिट मोटरसाइकल, नेपालमा लोकप्रिय बन्दै
ट्रायम्फले भारतमा १ लाख युनिट मोटरसाइकल बिक्री गरेर एक प्रमुख माइलस्टोन...
काठमाडौं - नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले अल–न्यु अपग्रेडेड बजाज डोमिनार ४०० लन्च गरेको छ ।
शुक्रबार बाइकर्स क्याफेमा आयोजित भव्य कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गरेको थियो । यसका वारेमा उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।
अल–न्यु अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाई–वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लिभर तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ।
उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र यसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
सार्वजनिकरण पश्चात ग्राहकहरूले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइड मार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्ने समेत कम्पनीको भनाइ छ ।
यसको मूल्य ६ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
ट्रायम्फले भारतमा १ लाख युनिट मोटरसाइकल बिक्री गरेर एक प्रमुख माइलस्टोन...
बजाजले आफ्नो प्रिमियम मोडल डोमिनार २५० र डोमिनार ४०० को अपडेटेड भर्सन लन्च...
काठमाडौं–चेतक ईभीले नाइमा मोबिलिटी एक्सपाे’ २०२५ मा आफ्नो आधिकारिक एन्थम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...