सन् २०२५ : एनईभी क्षेत्रमा डोङफेङ मोटर ग्रुपको उत्साहपूर्ण प्रदर्शन, २०२६ मा महत्वाकांक्षी लक्ष्य

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङ ग्रुपले सन् २०२५ को डिसेम्बर र पुरै सन् २०२५ वर्षको बिक्री तथ्यांक सार्वजनिक गरेको छ । यस अनुसार सो ग्रुपले २०२५ को डिसेम्बर महिनामा १ लाख ९९ हजार २०० सवारीसाधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१२ प्रतिशतले बढी हो। डिसेम्बर महिनामै सो ग्रुपको न्यु इनर्जी भेइकल (एनईभी) को बिक्री ७३ हजार ६०० युनिट पुगेको छ, जुन गत वर्षको यही अवधि भन्दा ७१.११ प्रतिशत बढी हो ।

समग्रमा सन् २०२५ को तथ्यांक हेर्दा, डोङफेङ मोटर ग्रुपको कुल बिक्री १८ लाख ९६ हजार २०० युनिट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झिनो ०.०१ प्रतिशत वृद्धि हो। तर न्यु इनर्जी भेइकल तर्फ भने सो ग्रुपले बलियो प्रदर्शन गरेको देखिन्छ। २०२५ भरिमा न्यु इनर्जी भेइकलको कुल बिक्री ५ लाख ६२ हजार ८०० युनिट पुगेको छ, जुन पहिले भन्दा वार्षिक रुपमा ४२.६२ प्रतिशतको वृद्धि हो ।

ज्वाइन्ट भेन्चर ब्रान्डको रुपमा रहेका डोङफेङ–निसान र डोङफेङ–होन्डाको बिक्रीमा भने केही कमी आएको छ । तर डोङफेङका स्वदेशी ब्रान्डहरूले भने सकारात्मक संकेत दिएका छन्। डिसेम्बर महिनामा डोङफेङ लिउझोउ मोटरले १८ हजार २०० युनिट बिक्री गर्दै ४४.०८ प्रतिशत वृद्धि हासिल ग-यो।

यसअन्तर्गत, यात्रुवाहक सवारी बिक्री १२ हजार ५०० युनिट अर्थात ३८.७८ प्रतिशत वृद्धि भएको छ र व्यावसायिक सवारी बिक्री ५ हजार ७०० युनिट अर्थात ५७.३७ प्रतिशत वृद्धि रहेको छ। २०२५ भरिमा लिउझोउ मोटरको कुल बिक्री १ लाख ३३ हजार युनिट पुगेको छ, जुन १२.०४ प्रतिशत वृद्धि हो।

यिपाइ टेक्नोलोजीले डिसेम्बरमा २७ हजार ७०० युनिट बिक्री गर्दै १४.०३ प्रतिशत वृद्धि गरेको छ। कम्पनीको वार्षिक बिक्री २ लाख ७४ हजार ६०० युनिट पुगेको छ, जुन २८.६८ प्रतिशतले बढेको हो। सन् २०२५ जुनमा स्थापना भएको यिपाइ टेक्नोलोजी अन्तर्गत डोङफेङ फेङशेन, डोङफेङ यिपाइ र डोङफेङ नानो ब्रान्ड समेटिएका छन्, जसलाई डोङफेङले आफ्ना स्वदेशी यात्रुवाहक सवारीको भविष्यको आधारका रूपमा हेरेको छ।

मेङ्शी टेक्नोलोजीको प्रदर्शन अझै आकर्षक देखिएको छ। डिसेम्बरमा कम्पनीले ३ हजार युनिट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २,०१४ प्रतिशतको विस्फोटक वृद्धि हो। २०२५ भरिमा यसको कुल बिक्री १० हजार २०० युनिट पुगेको छ, जसले ३८६.६३ प्रतिशत वृद्धि देखाउँछ।

त्यस्तै, प्रिमियम ईभी ब्रान्ड भोयाह अटोमोबाइलले डिसेम्बरमा १७ हजार ५०० युनिट बिक्री गर्दै ५९.०४ प्रतिशत वृद्धि गरेको छ। वर्षभरिमा भोयाहको कुल बिक्री १ लाख ५० हजार २०० युनिट पुगेको छ, जुन ८७.४४ प्रतिशतले बढेको हो।

२०२६ का लागि महत्वाकांक्षी लक्ष्य
समग्रमा हेर्दा, २०२५ मा डोङफेङ मोटर ग्रुपको प्रदर्शन सन्तुलित तर उत्साहजनक देखिएको छ, जसमा न्यु इनर्जी भेइकल अर्थात एनईभीको बिक्री ४२.६२ प्रतिशतले बढेको छ । सो ग्रुपको बिक्रीमा ज्वाइन्ट भेन्चर ब्रान्डहरुले मुख्य भूमिका खेले पनि वृद्धि भने तुलनात्मक रुपमा कम छ । तर स्वदेशी ब्रान्डहरूले भने मजबुत आधार तयार गरेका छन्।

कम्पनीले २०२६ का लागि ३२ लाख ५० हजार युनिट बिक्री लक्ष्य तय गरेको छ, जुन करिब ३० प्रतिशत वृद्धि हो। यसमध्ये १७ लाख युनिट न्यु इनर्जी भेइकल हुनेछन् भने ६ लाख युनिट निर्यात गर्ने लक्ष्य राखिएको छ।

डोङफेङ मोटर ग्रुपका लागि आगामी वर्ष स्वदेशी ब्रान्ड र ईभी क्षेत्रमा गरिएको लगानीले नयाँ वृद्धिको सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

नेपालमा समेत डोङफेङका ईभी लोकप्रिय छन् । डोङफेङ नामी, भिगो लगायतका ईभी नेपालमा एमएडब्लु ग्रुपले बिक्री वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नै...

परिक्षणका क्रममा देखियो टोयोटा इन्नोभा इलेक्ट्रिक

परिक्षणका क्रममा देखियो टोयोटा इन्नोभा इलेक्ट्रिक

टोयोटाले निकट भविषयमा सार्वजनिक गर्ने तयारी गरिरहेको इलेक्ट्रिक एमपिभी...

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

रेनोको नयाँ इलेक्ट्रिक कार सेप्टेम्वर ४ मा सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले जर्मनीको म्युनिख सहरमा आयोजन हुने मोटर सोमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...