टर्बो बुस्टरजेट पेट्रोल इन्जिन सहित आउने छ नयाँ स्विफ्ट
मारुती सुजुकी लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन ल्याउने तयारी...
काठमाडौं – सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गते सम्म देशव्यापी “विन्टर फ्रि सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ ।
जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ। चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारी जाँच गराउन सुझाव दिएको छ। यस क्याम्पको मुख्य उद्देश्य चिसो मौसमले गाडीमा पार्ने प्रभावबारे ग्राहकहरूलाई सचेत गराउनु र उत्कृष्ट सेवा प्रदान गर्नु हो ।
यस क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममा गाडीलाई सुरक्षित राख्ने सम्बन्धमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन्। कम्पनीले सबै सुजुकी धनीहरूलाई यस अवसरको फाइदा उठाई आफ्नो सवारी साधनलाई सधैं राम्रो अवस्थामा राख्न प्रोत्साहन गरेको छ ।
सर्भिस क्याम्पका दौरान ग्राहकहरूले विभिन्न छुट र अफरहरूका साथै आकर्षक उपहारको अवसर पनि पाउनेछन्। सहभागी ग्राहकहरूमध्ये ८ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ’स्टेकेसन प्याकेज’ (Staycation Package) प्राप्त गर्नेछन् ।
सर्भिस क्याम्पका मुख्य सुविधाहरूमा निःशुल्क एसी र हिटर जाँच, ब्याट्रीको निःशुल्क जाँच, निःशुल्क एसडीटी जाँच, सम्पूर्ण गाडीको वृहत् निरीक्षण अर्थात ओभरल चेकअप, लेबर चार्जमा २० प्रतिशत सम्म छुट तथा स्पेयर पाट्र्स र इन्जिन आयलमा १० प्रतिशत सम्म छुट उपलब्ध हुनेछ ।
यो ’विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ। देशभर ५४ वटा सर्भिस आउटलेट भएको सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्ड भएको कम्पनीको भनाइ छ ।
मारुती सुजुकी लोकप्रिय ह्याचब्याक स्विफ्टको नयाँ जेनेरेसन ल्याउने तयारी...
मारुती सुजुकीले सेलिरियो, अल्टो के–१० र एसप्रेसेको सस्तो भेरिएन्ट ल्याउने...
मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई नयाँ एडिसनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...