रोयल इनफिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट राइड र बुकिङ सुरु

पोखरा – रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर हन्टर ३५० पोखरामा लन्च गरेको छ । काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो ।

विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बिएस६ हन्टर ३५०, २०२५ संस्करण पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबिएस, एलईडी हेडल्याम्प, सुधारिएको सीट र ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश छन् ।

यसमा प्रयोग गरिएको ३४९ जे–सिरिज इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ । सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन् ।

रोयल इनफिल्ड नेपालका निर्देशक मेघराज पौडेलका अनुसार पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल हो । ‘यस मोटरसाइकलले यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौं । गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ’ उनले भने ।

दुईवटा कलर अप्सनमा उपलब्ध यसको डुअल टोन भेरिएन्टलाई ४ लाख ९९ हजार ९०० र सिंगल टोनलाई ४ लाख ९४ हजार ९०० रुपैयाँ पर्ने बताइएको छ ।

रोयल इनफिल्ड सन् १९०१ देखि उत्पादनमा रहेको संसारकै सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो । प्योर मोटरसाइक्लिङ दर्शनका साथ कम्पनीले मध्यम क्षमताका प्रिमियम मोटरसाइकल उत्पादनमा विश्वव्यापी पहिचान बनाएको छ । ब्रान्डका प्रमुख मोडेलहरूमा हन्टर ३५०, क्लासिक ३५०, मेटियर ३५०, हिमालयन ४५० र इन्टरसेप्टर ६५० लगायतका सिरिज समावेश छन् ।

आइसर मोटस लिमिटेड अन्तर्गत सञ्चालन हुने रोयल इनफिल्डले भारतभर २ हजार भन्दा बढी स्टोर तथा विश्वका ६५ भन्दा बढी देशमा सेवा विस्तार गरेको छ । कम्पनीका उत्पादन केन्द्रहरू भारतमा रहेका छन् भने नेपालसहित विभिन्न देशमा सिकेडी एसेम्वली सुविधा सञ्चालनमा छन् ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजार, यस्तो छ विशेषता

रोयल इन्फिल्ड हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजार, यस्तो छ विशेषता

काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

यस्तो छ, रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन (फिचर र मुल्य सहित)

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...

‘बोर्डरलेस वारेन्टि कार्यक्रम’ ल्याउने पहिलो भारितय ब्रान्ड बन्यो रोयल इन्फिल्ड

‘बोर्डरलेस वारेन्टि कार्यक्रम’ ल्याउने पहिलो भारितय ब्रान्ड बन्यो रोयल इन्फिल्ड

रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...