चिनियाँ बजारमा बीवाईडीको दवदवा, पछि परे धेरै ब्रान्ड
यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले...
न्यू ईनर्जी भेहिकलमा विश्व बजारलाई नेतृत्व गरिरहेको बीवाईडीले राइड–हेलिङका लागि छुट्ट्रै नयाँ ब्रान्ड ‘लिंघुई’ सार्बजनिक गरेको छ । बीवाईडीको पाँचौ ब्रान्डका रुपमा लन्च हुने तयारीमा रहेको सो नयाँ ब्रान्डले चीनको राइड–हेलिङ बजारमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ ।
बीवाईडीले हाल आफ्नो प्रमुख ब्रान्ड बीवाईडी सहित डेन्जा, फाङ चेङ बाओ र याङवाङ गरी कुल चारवटा ब्रान्डमा सवारीसाधन उत्पादन गर्दै आएको छ । नयाँ ब्रान्ड लिंघुई अन्तर्गत कम्पनीले ट्याक्सी र कर्पोरेट सवारी साधनहरू बेच्नमा ध्यान केन्द्रित गर्नेछ ।
सो नयाँ ब्रान्ड अन्तर्गतको लाइनअपले तीन ब्याट्री इलेक्ट्रिक सेडान र एक प्लग–इन हाइब्रिड मिनि भ्यान उत्पादन गर्ने जनाइएको छ । लाइनअपमा सबैभन्दा सस्तो कार ई५ हुने र उक्त मोडल बीवाईडी क्विन प्लस ईभी सेडानमा आधारित रहनेछ ।
त्यसैगरी, दोस्रो मोडल लिंघुई ई७ हुनेछ भने तेस्रो मोडल बीवाईडी हानमा आधारित ई९ रहने बताइएको छ । सूचीमा रहेको एक मात्र प्लग–इन–हाइब्रिड मोडल एम९ लाई भने कम्पनीले जिया मिनीभ्यानमा आधारित रहेर उत्पादन गर्न लागेको हो । सात सिट क्षमता भएको यस भ्यानमा १.५ लिटरको हाइब्रिड इन्जिन जडान गरिएको छ ।
यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले...
विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी...
बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को २०२५ संस्करण सार्बजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...