बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौँ–भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी साधन प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो ।
बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरे । अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधन सहयोग गरेको जानकारी दिए ।
भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधनमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।
यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहीअघि पनि भारतले ६० भन्दा बढी सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...