धादिङ वेशीमा एसएमएल इसुजुको निःशुल्क सर्भिस क्याम्प, १७५ सवारीसाधन सहभागी

एसएमएल इसुजुको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङ वेशीमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ ।

२५ देखी २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढि गाडीको सर्भिसिङ गरिएको थियो । क्याम्पले सो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई मवजुत बनाएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिस इन्जिनयन मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्का सहित अन्य अनुभवी सर्भिस टोलीले उपस्थिती जनाएका थिए ।

निःशुल्क सर्भिसिङका साथै, इन्जिनियर तथा मेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दै सवारी साधनको उचित मर्मतसम्भार, महत्त्वपूर्ण पार्टपुर्जाको हेरचाह, तथा सवारी साधनलाई दीर्घकालीन रूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए ।

एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित, भरपर्दो र निरन्तर अघि वढाउने प्रयास स्वरुपम कार्यक्रम आयोजना गरिएको हो । उत्कृष्ट विक्री पछिको सेवा, ग्राहक सन्तुष्टि र दिर्घकालिन विश्वास निर्माणप्रति आँफूहरु प्रतिबद्ध रहको कम्पनको भनाई छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...