बीई६ ईभीमा भएको आगलागीबारे महिन्द्राले निकाल्यो यस्तो विज्ञप्ती

महिन्द्राले हालै भएको बीई६ आगलागी घटनाबारे एक आधिकारिक विज्ञप्ति जारी गरेको छ । उत्तर प्रदेशको एक राजमार्गमा गुडिरहेको बीई६ ईभीमा अचानक आगलागी भएको थियो ।

सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा विद्युतीय एयुभी सडकको बीचमा अड्किएको र पूर्ण रूपमा आगो लागेर नष्ट भएको देखाइएको छ ।

महिन्द्राले जारी गरेको आधिकारिक विज्ञप्तिमा, कम्पनीले डिफ्लेटेड टायरलाई दोष लगाएको छ । पूर्ण रूपमा डिफ्लेटेड टायरमा लगभग ६० किलोमिटर/घण्टाको गतिमा १० मिनेटभन्दा बढी समयसम्म चलाइएको कारण ईभीमा आगलागी भएको दाबी गरिएको छ ।

सेफ्टि सिस्टमले डिजाइन गरिएअनुसार नै काम गरेको तथा ईभी ब्याट्री र मोटर पूर्ण रूपमा सुरक्षित रहेको कम्पनी भनाई छ ।

विज्ञप्तीमा महिन्द्राले भनेको छ :
अनबोर्ड सेन्सर डेटा र सफ्टवेयर डायग्नोस्टिक्सको अनुसन्धानको आधारमा, हामी पुष्टि गर्छौं कि आगलागीमा ईभी ब्याट्री र मोटर पूर्ण रूपमा जिम्मेवार छैनन । गुणस्तर र सुरक्षामा हाम्रो सर्वोच्च प्राथमिकता रहन्छ ।

सबै सुरक्षा प्रणालीहरूले डिजाइन गरिए अनुसार काम गरेका कारण चालक र सबै यात्रुहरू सुरक्षित रूपमा गाडीबाट बाहिर निस्किए र कुनै हानि भएन ।

टायर उच्च तापक्रमको अलर्ट जारी भएलगत्तै गाडीको गति सीमित र बन्द गर्ने सिस्टम सक्रिय भएका कारण गाडीलाई सुरक्षित रूपमा रोक्न सकिएको थियो ।

बाह्य स्रोतबाट उत्पन्न हुने तीव्र थर्मल रनवेका बावजुद, उच्च भोल्टेज ब्याट्री पूर्ण रुपमा सुरक्षित रहेको छ ।

बारम्बार टायर प्रेसर अलर्टहरु जारी हुँदा पनि कार पूर्ण रूपमा डिफ्लेटेड टायरमा लगभग ६० किमी/घण्टाको गतिमा १० मिनेट भन्दा बढी समयसम्म चलाइएको थियो ।

सम्बन्धित समाचारहरू

यस्तो छ भारतमा सार्वजनिक गरिएको जावाको नयाँ बाइक ४२ बबर

यस्तो छ भारतमा सार्वजनिक गरिएको जावाको नयाँ बाइक ४२ बबर

जावाले नयाँ बाइक जावा ४२ बबर बाइक भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको...

नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपालमा बिक्री शुरु नहुँदै १ लाख भारुसम्मले महंगो भयो स्कर्पियो एन

नेपाली बजारमा लामो समयदेखी प्रतिक्षा गरिँदै आएको महिन्द्रा स्कर्पियो एन १...

जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक एवं अग्नि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...