केटीएमको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘ई-ड्युक’ चाँडै लन्च हुने, डिजाइन र प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा
केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ।...
काठमाडौं – केटीएम नेपाल र एक्सट्रिम इनर्जी ड्रिंकको साझेदारीमा आगामी माघ १७ गते ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ कार्यक्रम आयोजना हुने भएको छ ।
केटीएम बाइकको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गतको केटीएम नेपालसँग साझेदारी गर्दै एक्सट्रिम इनर्जी ड्रिंकले काठमाडौंस्थित हात्तिवन फरेस्ट रिसोर्टमा ‘केटीएम एक्सट्रिम इन्ड्युरो डे’ कार्यक्रम गर्न लागेको हो। बाइक लभर र स्टन्ट लभरहरूका लागि ठूलो अवसर भएकाले यसमा भाग लिई उपहार जित्न सक्ने केटीएम नेपालले जनाएको छ।
बिहान १० बजे सुरू हुने केटीएम इन्ड्युरो डेमा ‘टाइम ल्याप च्यालेन्ज’ प्रतिस्पर्धामा विजेताले आकर्षक उपहारहरू जित्न सक्नेछन्। ‘केटीएम इन्ड्युरो ३९०आर’ बाइक भने कार्यक्रमस्थलमै प्रतिस्पर्धीलाई उपलब्ध गराउने आयोजकले जनाएको छ। प्रतिस्पर्धामा आफ्नो व्यक्तिगत बाइक भने आवश्यक हुने छैन।
प्रतिस्पर्धामा भाग लिनेहरूका लागि रजिस्ट्रेसन शुल्क फ्रि गरिएको छ। जसमा सहभागी हुन चाहनेहरू ‘केटीएम रेडी टु रेस’ पेजमा गएर क्यूआरमार्फत स्क्यान गरेर प्रतिस्पर्धामा भाग लिन सक्नेछन्। सिट संख्या सीमित भएकाले छिट्टै रजिस्ट्रेसन गर्न अनुरोधसमेत गरिएको छ।
‘एक्सट्रिम एक्सपिरिएन्स जोन’ नाम दिइएको स्टलमा विभिन्न खेल लगायतका अन्य गतिविधिहरू आयोजना गरिनेछन्, जसमा अन्य व्यक्तिहरूले पनि भाग लिएर पुरस्कार हात पार्न सक्नेछन्। आगामी दिनहरूमा युवा पुस्तालाई यस्तै ऊर्जा र उत्साहित बनाउने कार्यक्रमहरू ल्याउने केटीएम नेपालले जनाएको छ।
केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ।...
काठमाडौं–केटीएमले आफ्ना प्राय सबैजसो मोटरसाइकलमा अव ४ वर्षको...
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...