बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
नुवाकोट– रेसिङ अटोमोबाइल्स प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बेलकोटगढी नगरपालिका–३, नुवाकोटस्थित तीन वटा विद्यालयलाई कक्षाकोठामा प्रयोग हुने ३९ थान डस्टबिन सहयोग प्रदान गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच कम्पनीले श्री पोखरी आधारभूत विद्यालय, श्री लक्ष्मेश्वरी माध्यमिक विद्यालय तथा श्री नवज्योति आधारभूत विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । विद्यालय परिसरलाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउने उद्देश्यले डस्टबिन प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापकहरुले रेसिङ अटोमोबाइल्सप्रति आभार व्यक्त गरे । प्राप्त डस्टबिनले कक्षाकोठा सफा राख्न तथा विद्यार्थीहरूमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने उनीहरुको भनाई छ । प्रधानाध्यापकहरूले कम्पनीका अध्यक्ष रुद्र ढुंगेल तथा सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरू अत्यन्त प्रशंसनीय र अनुकरणीय भएको उल्लेख गरे ।
रेसिङ अटोमोबाइल्स काठमाडौंमा स्थापित एक प्रतिष्ठित अटोमोबाइल व्यवसायिक संस्था हो । यस कम्पनीले विभिन्न ब्रान्डका सवारी साधनहरूको खरिद, बिक्री तथा सट्टापट्टा सम्बन्धी कार्य गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...