रेनोको नयाँ ई-स्पेस इलेक्ट्रिक एमपीभीको पहिलो झलक सार्वजनिक, २०२६ पेरिस मोटर शोमा लन्च गरिने
रेनोले आफ्नो नयाँ ई-स्पेस इलेक्ट्रिक कन्सेप्टको पहिलो झलक सार्वजनिक गरेको...
रेनो आफ्नो सबैभन्दा चर्चित एसयूभी डस्टरलाई भारतमा पुनः भित्र्याउने तयारीमा छ । यसपटक डस्टर एकदमै नयाँ डिजाइन, आधुनिक प्रविधि र हाइब्रिड पावरट्रेनसहित आज लन्च हुने निश्चित भएको छ।
नयाँ रेनो डस्टरको बाहिरी डिजाइन पहिलेको भन्दा निकै आधुनिक र आक्रामक देखिन्छ। यसमा स्लीक एलईडी हेडलाइट र आइब्रो आकारका डीआरएल दिइएको छ । पछाडिको डाेर ह्यान्डल सी पिलर नजिक राखिएको छ, जसले कुपे जस्तो प्रिमियम लुक प्रदान गर्छ। आकारको हिसाबले पनि यो पुरानो डस्टरभन्दा अलि लामो र चौडा हुने बताइएको छ ।
यसको इन्टेरियर ड्यासबोर्डमा १०.१ इन्चको ठूलो टचस्क्रिन दिइनेछ, जसले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई सपोर्ट गर्नेछ। साथै, प्यानोरामिक सनरुफ र भेन्टिलेटेड सिटजस्ता सुविधा प्रदान गरिएको छ । रेनोले नयाँ डस्टरमा हाइब्रिड प्रविधिसहितको १.३ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध गराउने तयारी गरेको छ। सो इन्जिनले राम्रो पावरसँगै उत्कृष्ट इन्धन दक्षता दिने अपेक्षा गरिएको छ।
यसमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम समावेश हुने बताइएको छ, जसले सम्भावित दुर्घटनाको चेतावनी दिनुका साथै आवश्यक परेमा अटोमेटिक ब्रेकसमेत लगाउन सक्छ। साथै, ३६० डिग्री क्यामेरा र ६ वटा एयरब्यागजस्ता सेफ्टी फिचर पनि हुनेछ । नयाँ मोडलमा एडब्ल्युडी र ४x४ विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ।
नयाँ रेनो डस्टरको लन्च पछि यसले क्रेटा र सेल्टोसजस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...