१ करोड ८७ लाखमा लन्च भयो निसानको नयाँ एक्स–ट्रेल ‘ई–पावर’
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
जापानी कार निर्माता कम्पनी निसानले दक्षिण अफ्रिकामा रहेको आफ्नो एसेम्बली प्लान्ट र स्ट्याम्पिङ प्लान्ट चिनियाँ सरकारी स्वामित्वको कम्पनी चेरी अटोमोबाइललाई बिक्री गर्ने घोषणा गरेको छ। यो निर्णय कम्पनीले अघि सारेको ग्लोबल बिजनेस रिस्ट्रक्चरिङ योजनाको एक महत्वपूर्ण हिस्सा हो।
निसानले गत वर्ष नै विश्वभर रहेका १७ प्लान्ट मध्ये ७ प्लान्ट बन्द गर्ने घोषणा गरेको थियो । दक्षिण अफ्रिकास्थित एसेम्बली प्लान्ट ती ७ प्लान्ट मध्ये अन्तिम प्लान्ट हो। चेरी दक्षिण अफ्रिकाले निसानको जमिन, भवन र अन्य सम्बन्धित सबै सम्पत्तिहरु लगायत सम्पूर्ण उत्पादन क्षमता खरिद गर्ने अपेक्षा गरिएको छ। यद्यपि सम्झौता अनुसार यसको मूल्य भने सार्वजनिक गरिएको छैन ।
जापानको टोकियोस्थित अटोमोटिभ रिसर्च कम्पनी मार्कलाइन्सका अनुसार, दक्षिण अफ्रिकाको प्रिटोरियास्थित रोसलिन एसेम्बली प्लान्टको वार्षिक उत्पादन क्षमता ४५ हजार युनिट रहेको छ। तर सन् २०२४ मा वास्तविक उत्पादन केवल १३ हजार ९६ युनिटमा सीमित रह्यो, जुन सन् २०१९ को तुलनामा करिब ६० प्रतिशतले घटेको हो। सन् २०२५ मे महिनासम्म प्लान्टमा १ हजार ८० कर्मचारी कार्यरत थिए। यी सबै कर्मचारीलाई आगामी दिनमा चेरी साउथ अफ्रिकामार्फत लगभग उही सेवा सुविधा सहित रोजगारी प्रदान हुनेछ ।
मार्कलाइनका अनुसार निसानले सन् २०२५ मा दक्षिण अफ्रिकामा ८ हजार ७१५ वटा यात्रुवाहक सवारी साधन बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७ प्रतिशतले कम हो। यसैबीच, चेरी समूहले सोही अवधिमा ४६ हजार ८८७ वटा सवारी साधन बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि गरेको छ।
निसानले दक्षिण अफ्रिकामा आफ्ना ग्राहकहरूलाई सवारी साधन तथा सेवाहरू निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहो-याएको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०२६ मा निसान टेकटन र निसान पेट्रोलसहितका नयाँ मोडलहरू सार्वजनिक गर्ने योजना छ।
खस्कँदो व्यावसायिक अवस्थालाई मध्यनजर गर्दै निसानले गत वर्ष “रिःनिसान” नामक पुनर्संरचना योजना ल्याएको थियो। नयाँ अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत इभान एस्पिनोसाको नेतृत्वमा तयार पारिएको यस योजनाअन्तर्गत कम्पनीले १७ मध्ये सातवटा कारखाना बन्द गर्ने र करिब २० हजार रोजगारी कटौती गर्ने लक्ष्य लिएको छ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
निसान मोटर इन्डियाले लगातार सातौं पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग...
काठमाडौं – नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...