२०२६ नर्थ अमेरिकन युटिलिटी भेइकल अफ द इयरबाट सम्मानित भयो हुन्डाई प्यालिसेड

हुन्डाईको थ्रीरो एसयूभी प्यालिसेडले सन् २०२६ नर्थ अमेरिकन युटिलिटी भेइकल अफ द इयरको उपाधि जितेको छ। यो सम्मान प्रतिष्ठित नर्थ अमेरिकन कार, युटिलिटी एन्ड ट्रक अफ द इयर (नाकोटी) को निर्णायक समितिले प्रदान गरेको हो। हुन्डाई मोटरको प्रिमियम क्वालिटी, एड्भान्स्ड टेक्नोलोजी र एभ्रिडे युजेबिलिटीमा आधारित परिवार केन्द्रित एसयूभी प्रदान गर्ने कार्यमा भएको नेतृत्वलाई पुनर्परिभाषित गर्दै यो अवार्ड प्रदान गरिएको बताइएको छ ।

निर्णायक मण्डलमा अमेरिका र क्यानडाका प्रिन्ट, डिजिटल, टेलिभिजन, रेडियो तथा सामाजिक सञ्जालका प्रतिनिधित्व गर्ने ५० जना स्वतन्त्र अटोमोबाइल पत्रकार सम्मिलित थिए । उनीहरुमार्फत विस्तृत वास्तविक–जीवन परीक्षण, दीर्घकालीन ड्राइभिङ अनुभव, तुलनात्मक परीक्षण तथा डिजाइन, प्रदर्शन, नवप्रवर्तन, सुरक्षा र मूल्यको गहिरो मूल्यांकनपछि यो अवार्ड प्रदान गरिएको बताइएको छ ।

हुन्डाइको प्रमुख थ्री–रो एसयूभीका रूपमा रहेको नयाँ प्यालिसेड यसको हाइब्रिड र इन्टरनल कम्बसन इन्जिन (आईसीई) दुवै विकल्पसहितको बहुआयामिक पावरट्रेन लाइनअप, सेग्मेन्टभन्दा फराकिलो र प्रिमियम इन्टेरियर तथा अत्याधुनिक सुरक्षा र सुविधा प्रविधिका कारण उत्कृष्ट मानिएको हो ।

हुन्डाइ मोटर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जोस मुनोसले आकर्षक डिजाइन, उन्नत प्रविधि, उच्च सुरक्षा र वास्तविक मूल्य लगायतका विभिन्न फिचर झल्काउने बताए । उनले उत्तर अमेरिकाका सबैभन्दा सम्मानित ५० अटो पत्रकारबाट वर्षकै उत्कृष्ट युटिलिटी भेइकलको मान्यता पाउनु ठूलो सम्मान भएको समेत बताए ।

प्यालिसेड हुन्डाईको विश्वव्यापी एसयूभी पोर्टफोलियोमा महत्वपूर्ण मोडलका रूपमा स्थापित छ। यसले विविध पावरट्रेन विकल्प र प्रयोगकर्ता–केन्द्रित प्रविधि उपलब्ध गराउने हुन्डाईको रणनीतिलाई प्रतिबिम्बित गर्छ।

हालै थपिएको नेक्स्ट–जेनेरेसन हाइब्रिड संस्करण ले एक ग्यालनमा करिब ३४ माइल माइलेज र ६०० माइलभन्दा बढी दूरी प्रदान गर्ने क्षमता राख्छ। यससँगै शक्तिशाली र स्मूथ नेचुरली एस्पिरेटेड भी६ इन्जिन पनि उपलब्ध छ, जसले दक्षता र प्रदर्शनबीच सन्तुलन कायम गर्छ।

साहसिक यात्राका पारखीका लागि एक्सआरटी प्रो अफरोड ट्रिमले प्यालिसेडको लाइनअपलाई अझ विस्तार गरेको छ। सहज प्रविधि प्रणाली, लचिलो सिटिङ व्यवस्था र फराकिलो तथा व्यावहारिक क्याबिनका कारण प्यालिसेड आधुनिक परिवारको आवश्यकता र दिगोपन दुवै पूरा गर्न सक्षम रहेको कम्पनीको दाबी छ।

हुन्डाई प्यालिसेडले सन् २०२५ मा अमेरिकामा रेकर्ड बिक्री हासिल गरेको थियो। खुद्रा बिक्री १७ प्रतिशतले बढ्दा कुल बिक्री १३ प्रतिशतले वृद्धि भएको हुन्डाईले जनाएको छ। यसले प्रविधि, बहुउपयोगिता र परिवार–केन्द्रित विशेषता समेटिएका एसयूभीप्रति उपभोक्ताको बढ्दो आकर्षण देखाउँछ।

सन् १९९४ मा स्थापना भएको नाकोटी एकल सञ्चारमाध्यमसँग आबद्ध नभएको सबैभन्दा पुरानो नयाँ सवारी साधनसँग सम्बन्धित अवार्ड कार्यक्रम हो। यसको स्वतन्त्रता, कडा मूल्यांकन प्रक्रिया र विविध निर्णायक समितिका कारण यो पुरस्कार विश्व अटो उद्योगकै सबैभन्दा विश्वसनीय र प्रतिष्ठित मानिन्छ।

सम्बन्धित समाचारहरू

हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले सुजुकी फ्रङ्क्ससँग प्रतिस्पर्धा गर्न नयाँ क्रसओभर ल्याउँदै

हुन्डाईले मारुती सुजुकीको फ्रङ्क्स एसयूभीसँग प्रतिस्पर्धा गर्ने तयारी...

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

जुन १६ मा लन्च हुँदैछ नयाँ हुन्डाई भेन्यु : यस्तो हुनेछ विशेषता

हुन्डाईको सबैभन्दा लोकप्रिय सानो साइजको एसयूभी भेन्युको अपडेट भर्सन लन्च...

११ लाख भारुमा आयो हुन्डाई भर्ना फेसलिफ्ट, यस्तो छ विशेषता

११ लाख भारुमा आयो हुन्डाई भर्ना फेसलिफ्ट, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो लोकप्रिय सेडान कार भर्नाको फेसलिफ्ट लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...