खुलासा : महिन्द्रा एक्सयूभी ७०० को टचस्क्रिनमै चल्ने छ फिल्म
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने तयारी गरेको नयाँ एसयूभीको नाम...
महिन्द्राले आफ्ना लोकप्रिय सवारी साधन बोलेरो क्याम्पर र बोलेरो पिकअपलाई नयाँ अपडेटसहित लन्च गरेको छ। महिन्द्राले यी दुई मोडललाई थप आधुनिक, आरामदायी र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ सुविधा र डिजाइन परिवर्तनहरू समावेश गरेको जनाएको छ ।
महिन्द्राका अनुसार बोलेरो क्याम्पर र बोलेरो पिकअप दुवै मोडलमा नयाँ ग्राफिक्स समावेश गरिएको छ । यसले सवारी साधनलाई पहिलेभन्दा आकर्षक देखिन सहयोग पुर्याउने कम्पनीको दाबी छ। साथै, यी अपडेटहरूले दैनिक प्रयोग तथा व्यावसायिक कार्यमा सहजता थप्ने अपेक्षा गरिएको छ।
बोलेरो क्याम्परमा आईम्याक्स टेलिमेटिक्स सिस्टम थप गरिएको छ । यसका साथै नयाँ डेकल्स, साइड मिरर र डाेर ह्यान्डल जडान गरिएको छ। आरामका लागि पछाडिको हेडरेस्ट, एयर कन्डिसनिङ र हिटर सुविधा दिइएको छ भने ब्लुटुथ कलिङ सपोर्ट सहितको म्युजिक सिस्टम पनि समावेश गरिएको छ ।
त्यस्तै, बोलेरो पिकअपमा नयाँ फ्रन्ट इन्ड डिजाइन गरिएको छ। चालकको आराम बढाउन हेडरेस्टसहितको रिक्लाइनिङ ड्राइभर सिट प्रदान गरिएको छ भने सहचालकका लागि फराकिलो सिट उपलब्ध गराइएको छ।
नयाँ अपडेटसहित लन्च भएका बोलेरो क्याम्पर र बोलेरो पिकअपले व्यावसायिक प्रयोगका साथै ग्रामीण र शहरी क्षेत्रमा अझ प्रभावकारी विकल्पको रूपमा आफ्नो उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने तयारी गरेको नयाँ एसयूभीको नाम...
चितवन– महिन्द्रा गाडीको नेपालका लागी आधिकारिक बिक्रेता अग्न्नी...
महिन्द्राले आफ्नो ब्रान्ड पहिचानलाई नयाँ स्वरुप दिन तयार पारेको ‘ट्विन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...