निर्वाचनको लागि भारत सरकारद्वारा ६१ गाडी हस्तान्तरण

काठमाडौं - भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ । मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिकअप भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।

उनका अनुसार भारतले आसन्न निर्वाचलाई मध्यनजर गरी विभिन्न प्रकारका ५३८ वटा गाडी सहयोग गर्दैछ भने आज पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो । उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरुको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ । विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’

उनले सरकारले आफ्नो नियमित बजेटबाट पनि गाडी खरिदको काम अन्तिम चरणमा पुर्याएको बताए । निर्वाचन आयोग, सुरक्षा निकाय र जिल्ला प्रशासनहरुमा आवश्यक्ता अनुसार वितरण गरिने उनले जानकारी दिए । ‘जेनजी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको कमी थियो । सरकारले आफ्नो नियमित बजेटबाट पनि खरिदको अन्तिम चरणमा पुगेको छ भने निर्वाचन आयोग, सुरक्षा निकाय ,जिल्ला प्रशासनहरुमा आवश्कताको अनुसार वितरण गर्ने छौं ।’उनले भने।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।

सम्बन्धित समाचारहरू

नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा

नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा

काठमाडौं – नेपालमा जोन डियर ट्रयाक्टर भित्रिएको २० वर्ष पुरा भएको छ ।...

बजेटमा ८० प्रतिशत सम्म बैंक ऋण उपलब्ध गराउन र अन्य विभिन्न प्रावधान राख्न नाडाको माग

बजेटमा ८० प्रतिशत सम्म बैंक ऋण उपलब्ध गराउन र अन्य विभिन्न प्रावधान राख्न नाडाको माग

काठमाडौं – नियमानुसार भोलि जेठ १५ गते सरकारले नयाँ बजेट ल्याउनु पर्नेछ ।...

स्कर्पियो एनमा आधारित नयाँ पिकअप ल्याउँदै महिन्द्रा

स्कर्पियो एनमा आधारित नयाँ पिकअप ल्याउँदै महिन्द्रा

महिन्द्राले अगष्ट १५ मा नयाँ पिकअपको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...