हुन्डाईको सबैभन्दा ठूलो ईभी ‘स्टारिया’ सार्वजनिक, २० मिनेटमै ८० प्रतिशत चार्ज हुने

हुन्डाईले ब्रसेल्स मोटर शोमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ईभी ‘स्टारिया’ सार्वजनिक गरेको छ । सो एमपीभी इलेक्ट्रिक एसयूभी विशेष गरी प्रशस्त स्पेस, आरामदायी सिट व्यवस्था र लामो दूरीको यात्रालाई प्राथमिकता दिने ग्राहकहरूका लागि डिजाइन गरिएको हो। यसमा ९ सिट रहेको छ, जसले पूर्ण चार्जमा ४०० किलोमिटर दुरी तय गर्न सक्ने दाबी गरिएको छ।

हुन्डाई स्टारिया ईभी ८०० भोल्टको हाई–भोल्टेज फास्ट चार्जिङ प्रविधिबाट सुसज्जित छ, जसका कारण मात्र २० मिनेटमै ब्याट्री ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।  सो मोडल यसअघि नै २०२५ को भारतीय अटो एक्स्पोमा पनि प्रदर्शन गरिएको थियो ।

इलेक्ट्रिक प्लेटफर्ममा आधारित भएकाले स्टारिया ईभीको भुइँ पूर्ण रूपमा समतल छ, जसले यात्रुहरूका लागि अझ सहज आवतजावत र बसाइको सुविधा प्रदान गर्छ। यसको लामो ह्विलबेसले क्याबिनभित्र प्रशस्त लेग रुम र हेड रुम उपलब्ध छ । कम्पनीले सो मोडल २ भेरिएन्टमा लन्च गर्न सक्ने अनुमान गरिएको छ, जसमा साना परिवारका लागि ७ सिट क्षमताको भेरिएन्ट र ठूला परिवार वा प्रिमियम प्रयोगकर्ताका लागि ९ सिट क्षमताको लक्जरी वागन भेरिएन्ट समावेश हुन सक्छ।

हुन्डाई स्टारिया ईभीमा ८४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले गाडीलाई ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ । यसका साथै, सो एमपीभीले २ हजार किलोग्रामसम्मको टोइङ क्षमता राख्ने बताइएको छ । यसमा घर वा कार्यालयमा चार्ज गर्न मिल्ने ११ किलोवाटको एसी चार्जरको सुविधा पनि उपलब्ध गराइएको छ।

सम्बन्धित समाचारहरू

हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

हुन्डाई आयोनिक ५ किन्नेहरुका लागि खुसीको खबर : १४ लाख रुपैयाँले घट्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...

हुन्डाई भेन्यूमा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र विशेषता

हुन्डाई भेन्यूमा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र विशेषता

हुन्डाईले भारतमा भेन्यूको नयाँ भेरिएन्ट लन्च गरेको छ । एस प्लस भेरिएन्टमा...

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...