मेगावाट स्तरका १५ हजार फास्ट चार्जर जडान गर्न बीवाईडीले गर्यो नयाँ साँझेदारी
विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडी पछिल्लो समय चार्जिङ...
बीवाईडीले आफ्नो ओसन सिरिजमा दुई नयाँ मोडल थप्ने घोषणा गरेको छ । कम्पनीले हालै एक टिजर जारी गरी सिल ०८ र सिलियन ०८ मोडल थप गर्ने पुष्टि गरेको हो ।
यी दुई मोडलमध्ये सिल ०८ कम्पनीको फ्ल्यागशिप सेडान कार हुनेछ भने अर्को सिलियन ०८ पनि फ्ल्यागशिप एसयूभी मोडल हुनेछ । दुबै कार यसै वर्षको पहिलो त्रैमासिकमा चीनमा डेब्यू हुने अपेक्षा गरिएको छ ।
बीवाईडीले डिसेम्बर २०२५ मा आयोजित ओसन डेको अवसर पारेर ओशन ८ डुअल–फ्ल्यागशिप लाइनअप प्रस्तुत गर्ने घोषणा गरेको थियो । नयाँ मोडल आउने पक्कापक्कि भएपनि कम्पनीले हालसम्म यसको मूल्य निर्धारण, प्राविधिक विशिष्टताहरू र पावरट्रेनबारे कुनै जारनकारी बाहिर ल्याएको छैन ।
टिजरमा देखाइएको तस्विरअनुसार सिल ०८ एक विशाल कुपे स्टायलको सेडान कार हुने अनुमान गरिएको छ । त्यसैगरी, सिलियन ०८ लाई अधिक एंगुलल र अपराइट प्रोफाइलको साथ मध्यमदेखि ठूलो आकारको एसयूभीको रूपमा देखिन्छ ।
टिजरले भित्री लेआउट, ड्राइभट्रेन कन्फिगरेसन र प्लेटफर्म विवरणहरूबारे कुनै जानकारी सेयर नगरेपनि ओशन ८ सिरिज बीवाईडीको डाइनास्टि सिरिजबाट छुट्टै फ्ल्यागशिप लाइनको रूपमा सञ्चालन हुने अनुमान गरिएको छ । डाइनास्टि सिरिज अन्तर्गत बीवाईडीले फ्ल्यागशिप मोडलका रुपमा ट्याङ्ग९ एसयूभी र हान९ सेडान कार ल्याउने योजन बनाएको छ ।
विश्वको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडी पछिल्लो समय चार्जिङ...
बीवाईडीले आफ्नो घरेलु बजार चीनमा नयाँ मिडसाइज एसयूभी सङ अल्ट्रा ईभी लन्च...
बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...