होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

जापानी अटोमोबाइल निर्माता कम्पनी होन्डाले आफ्नो अटोमोबाइल व्यवसायको नयाँ पहिचानका रूपमा नयाँ डिजाइनसहितको ‘एच’ मार्क (लोगो) सार्वजनिक गरेको छ। होन्डाले सन् १९६३ देखि प्रयोग गर्दै आएको एच मार्कलाई समयअनुसार परिमार्जन गर्दै आएको भए पनि यो पटकको परिवर्तनलाई कम्पनीले ऐतिहासिक र रणनीतिक महत्वको रूपमा लिएको छ।

नयाँ एच मार्क नेक्स्ट–जेनेरेशन विद्युतीय सवारी (ईभी) को विकाससँगै प्रस्तुत गरिएको हो। विशेषगरी होन्डा ० सिरिज सहितका नयाँ ईभीहरू “शून्यबाट नयाँ ईभी सिर्जना गर्ने” होन्डाको दृढ संकल्पको प्रतीकका रूपमा विकास भइरहेका छन्। यही दर्शनअनुसार होन्डाले आफ्नो लोगो डिजाइनलाई पनि पुनः परिभाषित गरेको जनाएको छ।

नयाँ डिजाइनलाई दुई हात फैलाएर स्वागत गरिरहेको आकृति जस्तै बनाइएको छ, जसले होन्डाले मोबिलिटीका सम्भावनाहरू विस्तार गर्ने र ग्राहकका आवश्यकतालाई इमान्दारीपूर्वक सेवा गर्ने प्रतिबद्धता झल्काउँछ। यसले होन्डा कम्पनीको रूपान्तरण, नवीन सोच र परम्परागत सीमाभन्दा बाहिर गएर नयाँ चुनौतीहरू स्वीकार गर्ने कर्पोरेट दृष्टिकोणलाई पनि प्रतिनिधित्व गर्दछ।

कम्पनीका अनुसार नयाँ एच मार्क सन् २०२७ र त्यसपछि बजारमा आउने नेक्स्ट–जेनेरेशन ईभी तथा हाइब्रिड इलेक्ट्रिक (एचईभी) मोडलहरूमा प्रयोग गरिनेछ। साथै, यो नयाँ लोगो सवारी साधनहरूमा मात्र सीमित नरही डिलरशिप, ब्रान्ड कम्युनिकेसन, तथा अटोमोबाइल मोटरस्पोर्ट्स गतिविधिहरू लगायत सम्पूर्ण अटोमोबाइल व्यवसायमा विस्तार गरिनेछ।

हाल अटोमोबाइल बजार विद्युतीकरण र इन्टेलिजेन्ट टेक्नोलोजीको तीव्र परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै होन्डाले नयाँ एच मार्कलाई कम्पनीको “दोस्रो स्थापना” (Second Founding) को प्रतीकका रूपमा प्रस्तुत गरेको छ। यस अवधिमा होन्डाले परम्परागत सोच, अभ्यास र कार्यशैलीबाट मुक्त हुँदै अत्याधुनिक प्रविधि र नवीन विचारमार्फत ग्राहकको अपेक्षाभन्दा माथि जाने मूल्य प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित समाचारहरू

१ वर्षमा ३ लाख युनिट साइन १०० बिक्री, नेपाली बजारमा आउन बाँकी

१ वर्षमा ३ लाख युनिट साइन १०० बिक्री, नेपाली बजारमा आउन बाँकी

होन्डाको सबैभन्दा सानो सिसी मोटरसाइकल साइन १०० लन्च भएको एक वर्षमै भारतमा...

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...