क्लासिक ह्विल्सले ग्यारो डीटी ६० का लागि ग-यो विशेष कार्यक्रम, इन्फ्लुएन्सर च्यालेन्ज र जिमखाना गर्ने घोषणा
काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...
बजाजले चेतक इलेक्ट्रिक स्कुटरको लाइनअपमा नयाँ मोडेल थपेको छ । चेतक सी२५०१ नामले आएको उक्त मोडल चेतकको सबैभन्दा सस्तो स्कुटर हो । जसको मूल्य ९१ हजार ३९९ भारु निर्धारण गरिएको छ ।
चेतकले बिक्री गर्दै आएको आफ्नो स्ट्यान्डर्ड मोडलको तुलनामा केही सानो यस स्कुटरलाई पुरै नयाँ चेसिसमा तयार पारेको हो । स्कूटरमा एकीकृत एलईडी डिआरएल, फ्ल्याट फुटबोर्ड, र यू आकारको एलईडी टेललाइटको साथ गोलाकार एलईडी हेडल्याम्प उपलब्ध गराइएको छ । यसको तौल १०७ किलोग्राम छ भने सिट मुनि २५ लिटर क्षमताको स्टोरेज छ ।
चेतक सी२५०१ ब्लुटुथ कनेक्टिभिटी, यूएसबी चार्जर, हिल–होल्ड असिस्ट, र अतिरिक्त रिभर्स मोडसहित इको र स्पोर्ट मोडलमा उपलब्ध छ । साथै यसमा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल समेत दिइएको छ ।
सो नयाँ स्कुटरमा चेतकले २.५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध गराएको छ, जसले सिंगल चार्जमा ११३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । स्कुटरमा २.२ किलोवाट क्षमताको हब माउन्टेड इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसलाई ५५ किलोमिटर प्रति घण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
यस स्कुटरमा कम्पनीले ३ वर्ष अर्थात ५० हजार किलोमिटरको वारेन्टि दिएको छ । नयाँ स्कुटरले टीभीएस आईक्यूव २.२ र हिरो भिडा भिएक्स२ गो लगायत मोडलसंग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – नेपालका लागि ग्यारो ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक...
प्रतिष्ठित विद्युतीय गाडी कम्पनी दिगोले अब नेपाली बजारमा आफ्नै ब्रान्डका...
काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...