कियाद्वारा कनेक्टेड कार बिक्री गर्दै डिजिटल मोबिलिटीमा नयाँ कीर्तिमान

किया इन्डियाले भारतीय अटोमोबाइल बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्पनीले भारतमा ५ लाख भन्दा बढी कनेक्टेड कारहरू बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको घोषणा गरेको हो।

यसमा किया सेल्टोसले सबैभन्दा ठूलो योगदान दिएको छ। कुल कनेक्टेड कार बिक्रीको करिब ७० प्रतिशत हिस्सा सेल्टोसले ओगटेको छ  । सेल्टोसपछि किया सोनेट र क्यारेन्सले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

कम्पनीका अनुसार हालको रिटेन्सन प्रवृत्तिले ग्राहकहरू कनेक्टेड सेवाहरू नवीकरण गर्न पुनः फर्किरहेको देखाउँछ। यसले प्रयोगकर्ताहरू कनेक्टिभिटी सुविधाबाट सन्तुष्ट रहेको र यसले उनीहरूको दैनिक ड्राइभिङ अनुभवलाई अझ सहज बनाएको प्रमाणित गर्छ। किया इन्डियाले निरन्तर रूपमा उन्नत कनेक्टेड कार प्रविधिहरूको विकास र विस्तार गर्दै आएको छ ।

कनेक्टेड कार नेभिगेसन ककपिटले सहज इन्टरफेस, उत्कृष्ट कनेक्टिभिटी र उन्नत ओभर द एयर सफ्टवेयर अपडेट क्षमता प्रदान गर्छ। यस प्रविधिमार्फत गाडी सधैं लेटेस्ट सफ्टवेयर र एपको साथमा अपडेट हुन्छ, जसले ड्राइभिङलाई अझ सुरक्षित र आरामदायी बनाउँछ। साथै, ओभर द एयर सफ्टवेयर अपडेट र रिमोट सवारी साधन डायग्नोस्टिक्सको सुविधा उपलब्ध भएकाले ग्राहकले बारम्बार डिलरशिप धाउनुपर्ने आवश्यकता कम भएको छ।

डिजिटल की २.० प्रविधिमार्फत प्रयोगकर्ताले अल्ट्रा वाइडब्यान्ड वा नियर फिल्ड कम्युनिकेसन प्रविधि प्रयोग गरेर स्मार्टफोन वा स्मार्टवाचकै माध्यमबाट गाडी खोल्न र चलाउन सक्छ ।

कियाले बहुभाषिक भ्वाइस पहिचान समर्थनलाई पनि प्राथमिकतामा राखेको छ। अंग्रेजी, हिन्दी, तमिल र बंगाली भाषामा भ्वाइस कमाण्ड प्रयोग गरी सवारी साधनका विभिन्न कार्यहरू नियन्त्रण गर्न सकिने सुविधा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

महंगो भयो किया  क्यारेन्स, यस्तो छ नेपाल आउने तयारीमा रहेको एमपिभी

महंगो भयो किया क्यारेन्स, यस्तो छ नेपाल आउने तयारीमा रहेको एमपिभी

भारतीय बजारमा २ महिना अघि लन्च भएको किया क्यारेन्स ७० हजार भारुसम्मले...

किया क्लाभिस ईभीको भारतमा बुकिङ खुला, मूल्य कति ?

किया क्लाभिस ईभीको भारतमा बुकिङ खुला, मूल्य कति ?

किया इन्डियाले आफ्नो नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभीको...

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...