चितवनका सडकमा १०० भन्दा बढी नामी कार : विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न

चितवन – डोङफेङ इलेक्ट्रिक सवारी साधनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनका सडकमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधनको महत्वपूर्ण उपलब्धि उत्सवस्वरूप मनाउँदै विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सम्पन्न गरेको छ ।

ग्राहकहरूको विश्वासको सम्मान, समुदायसँगको सम्बन्ध सुदृढीकरण तथा चितवन क्षेत्रमा स्मार्ट विद्युतीय मोबिलिटीको बढ्दो उपस्थितिलाई उजागर गर्न उक्त सेलिव्रेशन आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सेलिब्रेशन ड्राइभमा ८० भन्दा बढी नामी बक्स र नामी भिगो सवारी साधनको सहभागिता रहेको थियो, जसले नामीका ग्राहक तथा उत्साहीहरूलाई एकसाथ ल्याउँदै स्मरणीय यात्रा अनुभव प्रदान ग-यो ।

ड्राइभ चितवन बिजनेस कम्प्लेक्स भरतपुरबाट सुरु भई बाइपास रोड, टिनखोला गुम्बा चोक, रामेश्वर मन्दिर, लिला चोक, पुलचोक, चौबिसकोटी चोक, पारस बस पार्क, सौराहा चोक तथा चित्रसरी पुल हुँदै होटल सेभेन स्टार, सौराहामा पुगेर सम्पन्न भएको थियो ।

एमएडब्लु वृद्धिका वरिष्ठ नेतृत्व तथा चितवन क्षेत्रमा नामी बक्स र नामी भिगोका आधिकारिक डिलर युरो अटोमोटिभ्स प्रालिका प्रतिनिधिहरूद्वारा फ्ल्याग अफ गरिएको गरिएको उक्त कार्यक्रमले विद्युतीय सवारी साधनको प्रयोगलाई तीव्र बनाउने र ग्राहक विश्वासको उत्सव मनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गरेको कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार, कार्यक्रमलाई केवल ड्राइभमा सीमित नभई जीवनशैली–केन्द्रित अनुभवका रूपमा तयार गरिएको थियो, जहाँ सहभागीहरू तथा उनीहरूको परिवारका लागि खाना, संगीत, खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरूको व्यवस्था गरिएको थियो ।

यस पहलले डोङफेङ नेपालको सशक्त ग्राहक समुदाय निर्माण गर्ने दृष्टिकोण र विद्युतीय मोबिलिटीलाई अझ सहज, पहुँचयोग्य र लाभदायक बनाउने प्रतिबद्धतालाई स्पष्ट रूपमा देखाउँछ । स्मार्ट डिजाइन, उन्नत प्रविधि तथा ग्राहक–केन्द्रित स्वामित्व सुविधाका कारण नामी बक्स र नामी भिगोले चितवन क्षेत्रमा उल्लेखनीय लोकप्रियता हासिल गरिरहेका छन् ।

१०० भन्दा बढि नामी उत्सवको निरन्तरताका रूपमा एमएडब्लु वृद्धि र युरो अटोमोटिभ्स प्रालिले २७ देखि २९ पौष २०८२ सम्मका लागि टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पको समेत आयोजना गरेको छ । यस क्याम्पमा चितवनका ग्राहकहरूका लागि नामी भिगो र नामी बक्समा आकर्षक नगद छुट, निःशुल्क डुअल चार्जिङ समाधान (७ किलोवाट फास्ट चार्जर तथा ३.५ किलोवाट पोर्टेबल चार्जर), निःशुल्क अटो प्लस बीमा, पुराना सवारी साधनको उत्कृष्ट मूल्याङ्कन, तथा प्रत्येक टेस्ट ड्राइभमा निश्चित उपहार उपलब्ध गराइएको छ ।

क्याम्पमार्फत चितवनवासीहरूलाई नामी सवारी साधनको प्रत्यक्ष अनुभव लिन र डोङफेङ नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको विद्युतीय मोबिलिटी समुदायको हिस्सा बन्न आमन्त्रित गरिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डमा इलेक्ट्रिक टु ह्विलर ल्याउने

हिरो मोटोकर्पले भिडा ब्रान्डको नाममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने

ग्राहकले पाउन थाले सिट्रोन सी३ र ई–सी३, दशैं अगाडी सबै ग्राहकलाई डलिभरी गरिने

काठमाडौं– सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...

सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने

सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने

काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...