सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेसको बुकिङ सुरु, मूल्य र फिचर सार्वजनिक

सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक रूपमा सुरु भएको छ। यसको मूल्य १ लाख ८८ हजार ४९० भारु तोकिएको छ। साथै यसको बिक्री सुरु भएपछि यो स्कुटर अनलाइन प्लेटफर्म फ्लिपकार्टमार्फत पनि उपलब्ध हुनेछ।

सुजुकी ई-एक्सेस सुजुकी ई-टेक्नोलोजी अन्तर्गत विकास गरिएको हो । सो स्कुटरले पानीमा डुबाउने, अत्यधिक तापक्रम, भाइब्रेशन र ब्याट्री सेफ्टी टेस्ट परीक्षणमा मापदण्ड पूरा गरेको कम्पनीको दाबी छ। यसमा लिथियम आइरन फस्फेट प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले परम्परागत एनएमसी ब्याट्रीको तुलनामा चार गुणासम्म लामो आयु प्रदान गर्ने बताइएको छ।

सो इलेक्ट्रिक स्कुटर ४.१ किलोवाट क्षमताको मोटरबाट सञ्चालित छ, जसले १५ एनएम टर्क उत्पन्न गर्छ। यसमा इको, राइड ए र राइड बी गरी तीनवटा राइड मोड, रिभर्स मोड र रिजेनेरेटिभ ब्रेकिङ सुविधा दिइएको छ। सुजुकी ई-एक्सेसको उच्चतम गति ७१ किलोमिटर प्रतिघण्टा रहेको छ भने एकपटक चार्ज गर्दा ९५ किलोमिटर सम्मको दूरी तय गर्न सक्ने दाबी गरिएको छ।

हल्का तौलको च्यासिस र आल्मुनियम ब्याट्री केसले स्कुटरलाई राम्रो स्थिरता र सहज सवारी अनुभव प्रदान गर्छ। यसमा एलईडी लाइटिङ, टु–टोन अलोय ह्विल र मेन्टेनेन्स -फ्री ड्राइभ बेल्टजस्ता फिचर पनि उपलब्ध छ ।साथै कम्पनीले यसमा ७ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी पनि प्रदान गरेको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान

फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान

जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...

स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि...

सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

जापानी कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक टु ह्विल लन्च गर्ने घोषणा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...