मर्सिडिज बेन्ज नेटवर्कबाट डिजाइन गरिएको र जिलीद्वारा विकास गरिएको नयाँ ईभी नेपाली बजारमा

सीजी मोटर्सले नयाँ स्मार्ट ३३ नेपाली बजारमा उपलब्ध गराएको छ । विश्वमै परिचित मर्सिडिज बेन्ज डिजाइन नेटवर्कबाट डिजाइन गरिएको र जिली ग्लोबल इन्जिनियरिङ नेटवर्कद्वारा विकास गरिएको स्मार्ट भेइकलको नयाँ जेनेरेसन अब नेपाली बजारमा समेत उपलब्ध भएको हो । परीक्षणका लागि यो गाडी पहिले नै उपलब्ध भए पनि अब भने बिक्रीका लागि उपलब्ध भएको हो ।

यो गाडीको बाहिरी भागमा साइबर स्पार्क्स एलईडी हेडलाइट, फ्रेमलेस डोर र साइड लोगो लगायतका फिचर छन् । यसमा स्पोर्टी च्यासिस ट्यनिङ, ५०ः५० ब्यालेन्स्ड वेयट डिस्ट्रिब्युसन, करिव १०० किलोमिटर प्रतिघण्टा सम्म स्पिडमा हुँदा पनि अल्ट्रा–सर्ट ब्रेकिङ डिस्टेन्स र ५.५ मिटरको मिनिमम टर्निङ रेडियस रहेको छ ।

यसमा १३ स्पिकर सहितको बिट्स साउन्ड सिस्टम छ । फ्रेस एयर वुफरसहित कस्टमाइज गरिएको यसमा ६४० वाट सम्मको पावर रहेको र स्टुडियो ग्रेड साउन्ड इफेक्ट उपलब्ध हुन्छ । त्यसैगरी ब्लुटुथ, १० इन्च हेडअप डिस्प्ले, ९.२ इन्च एचडी इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्च सेन्ट्रल डिस्प्ले स्क्रिन लगायतका फिचर रहेका छन् ।

स्मार्ट ३ ईभीको लम्बाई, चौडाई र उचाई क्रमशः ४,४०० एमएम, १,८४४ एमएम र १,५५६ एमएम छ । यसको ह्विलबेस २,७८५ एमएम छ । ५ जना बस्न मिल्ने यो गाडीको मोटर २०० किलोवाट रहेको छ । यसमा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ र सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ४५५ र एनईडीसी अनुसार ५३० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ७.४ किलोवाटको एसी चार्जबाट चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी चार्जरबाट ३० मिनेट भन्दा कम समयमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । स्मार्ट ३३ लाई इको, कम्फर्ट र स्पोर्ट मोडमा चलाउन सकिन्छ ।

सुरक्षाका लागि यो गाडीमा विभिन्न प्रकारको कोलिजन अभोइडेन्स, पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, एड्भान्स इन्टेलिजेन्ट ड्राइभिङ, लेन चेन्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, किलेस इन्ट्री, एन्टी थेफ्ट इमोबिलाइजर, फ्रन्ट र साइड एयरब्याग लगायतका विभिन्न फिचर रहेका छन् ।

नेपाली बजारमा प्रो प्लस र प्रिमियम गरी दुई भेरिएन्टमा यो गाडी उपलब्ध छ । यसको मूल्य क्रमशः १ करोड र १ करोड १५ लाख रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

दुई वर्षभित्र कियाले भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने, नयाँ एसयूभी र एमपिभी ल्याउने तयारी

दुई वर्षभित्र कियाले भारतमै इलेक्ट्रिक कारको उत्पादन शुरु गर्ने, नयाँ एसयूभी र एमपिभी ल्याउने तयारी

कोरियन अटो निर्माता कियाले २०२५ भित्र भारतमै इलेक्ट्रिक कारको उत्पादन...

उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

उत्तरढोकामा भयो मल्टी–ब्रान्ड ईभी शोरुमको सुरुवात, स्टेलान्टिसको नेपालमा उपस्थिति विस्तार

काठमाडौं – दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक...

एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

एचईभी–३०० मा लग्जरी कारमा पाईने सबैजसो फिचर छ : श्याम सुन्दर सापकोटा

हामीसंग अहिले हेनरी मोडल एच र भोल्ट्स एचईभी–३०० उपलब्ध छ । एचईभी–३०० लाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...