नयाँ पल्सर २२० एफको बुकिङ खुला, के–के छन् विशेषता

काठमाडौं–बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर २२० एफको नयाँ भर्सन छिट्टै बिक्रीका लागि उपलब्ध हुने भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नयाँ पल्सर २२० एफको बुकिङ खुला गरेर यसबारे जानकारी दिएको हो ।

बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करणलाई हालै लन्च गरेको थियो । अपडेट गरिएको संस्करणमा डुअल–च्यानल एबिएस जडान गरिएको छ । भारतमा १ लाख २८ हजार भारु निर्धारण गरिएको यस मोटरसाइकललाई नेपालमा ४ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

२०२५ पल्सर २२० एफमा प्रोजेक्टर हेडल्याम्प, टु–पीस स्टेप्ड सिट र ब्लुटुथ कनेक्टिभिटी सहितको नयाँ एलसिडी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध गराइएको छ । पहिले झैं उही सेमी–फेयर्ड डिजाइनमा उपलब्ध हुने यस नयाँ संस्करण गोल्डल एक्सेन्टसहित कालो र ओरेन्ज हाइलाइट सहितको गाढा हरियो शेडमा उपलब्ध रहेको छ ।

बाइकमा २२० सीसी क्षमताको फ्यूल इन्जेक्सन, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । बीएस६ स्ट्यान्डर्डको उक्त इन्जिनले २० बिएचपी पावर र १८.५ एनएम टर्क प्रदान गर्दछ । इन्जिन ५–स्पीड गियरबक्समा जोडिएको छ ।

बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक अब्जर्बरसहितको सस्पेन्सन सेटअप छ ।

सम्बन्धित समाचारहरू

पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

पल्सर २२० एफ सहित बजाजका तीन मोडलको मूल्यमा वृद्धि, यस्तो छ बजाज मोटरसाइकलको मूल्य सूची

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

बजाज अटोले चेतक स्कुटरको नयाँ मोडेल छिट्टै लन्च गर्ने तयारी गरेको छ ।...

बजाज प्रिमियर लिग(बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

बजाज प्रिमियर लिग(बीपीएल) : मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...