परिक्षणका क्रममा देखियो बीवाईडीको नयाँ एसयूभी, एट्टो३ भन्दा केही ठूलो हुने

बीवईडीको नयाँ बिद्युतिय एसयूभी परिक्षणका क्रममा देखिएको छ । आधिकारिक रिलिज हुनुभन्दा अगिाडी युआन म्याक्स एसयूभी देखापरेको हो । सो नयाँ मोडल हालको एट्टो३ र सिलायन६ को विचमा रहनेछ ।

बीवाईडीले यसअघि आफ्नो डाइनास्टि सिरिज अन्तर्गत एट्टो२ र एट्टो३ ल्याइसकेकोमा अव उक्त सिरिजमा सबैभन्दा ठूलो साइजको नयाँ मोडल युआन म्याक्स थप्न लगेको हो ।

सो नयाँ ईभीको अगाडिको छेउमा लामो हेडलाइट सहित डाइनास्टि सिरिजको विशिष्ट डिजाइन डिएनएलाई निरन्तरता दिइएके छ । कारको अगाडि ठूलो ट्र्यापेज आकारको एयर इन्टेक राखिएको छ । एसयूभीमा परम्परागत साइड–भ्यू मिररहरू, रुफ -याक र अगाडिको फेन्डरमा ब्लाइन्ड स्पट मोनिटरिङ क्यामेरा उपलब्ध हुनेछ ।

सो नयाँ एसयूभीको आकारबारे बीवईडीले कुनै जानकारी बाहिर नल्याए पनि यो एट्टो३ भन्दा केही ठूलो र सिलयान ६ भन्दा सानो हुने अनुमान गरिएको छ । युआन म्याक्समा युआन (元) प्रतीकको साथ नयाँ दुई स्पोक डबल डी आकारको स्टेयरिङ ह्वील उपलब्ध हुनेछ । स्टेयरिङ पछाडि गियर शिफ्टर र सानो एलसिडी इन्स्ट्रयुमेन्ट प्यानल लुकेको हुनेछ ।

सेन्टर कन्सोलमा बीवाईडीको सिग्नेचर रोटेवल फ्लोटिंग स्क्रिन राखिने सो नयाँ कारको सेन्टर टनेलमा फराकिलो डिब्बा, वायरलेस फोन चार्जिङ प्याड, भौतिक बटनहरूको ब्लक र दुई कप होल्डर पाइनेछ ।

युआन म्याक्समा ५० किलोवाट आवरको एलएफपी ब्याट्री र १४० किलोवाट क्षमतको मोटर जडान हुने अनुमान गरिएको छ । यस कारले एकपटकको सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाइडीको नयाँ हाईब्रिड टेक्नोलोजी, २.९ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज

बीवाइडीको नयाँ हाईब्रिड टेक्नोलोजी, २.९ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज

काठमाडौं–बीवाईडीले आफ्नो प्लग–इन हाइब्रिड टेक्नोलोजीको नयाँ भर्सन...

थाइल्यान्डमा  लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

थाइल्यान्डमा लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

बीवाईडीले थाइल्याण्डमा आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार एट्टो १ लन्च...

नयाँ एट्टो३ को तस्विर सार्बजनिक, अत्याधुनिक फिचरले सुसज्जित हुने

नयाँ एट्टो३ को तस्विर सार्बजनिक, अत्याधुनिक फिचरले सुसज्जित हुने

बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को फेसलिफ्ट भर्सनको ताजा तस्विर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...