६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा — ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएको जानकारी दिए।

गत असार २४ गते अगाडि सामग्री ल्याउन केरूङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरूङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरको भनाइ छ ।

ल्हेन्देखोला मितेरीपुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द हुँदा गत वर्षको तुलना यस अवधिमा भन्सार शुल्कबापत उठ्ने राजस्व २० अर्ब नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् विभिन्न देशका प्रहरीसँग भएका करोडौँ मूल्यका लक्जरी कार

यस्ता छन् विभिन्न देशका प्रहरीसँग भएका करोडौँ मूल्यका लक्जरी कार

विश्वका प्रहरीहरुले प्रयोग गर्ने सवारी साधनले विश्वव्यापी ध्यान तान्ने...

१५ वर्ष पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने

१५ वर्ष पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने

भारतको नयाँ दिल्ली सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनलाई अप्रिल १...

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं – आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...