भारतमा नयाँ सेल्टोसको उत्पादन सुरु, ७ दिनपछि लन्च हुँदै

दोस्रो पुस्ताको सेल्टोसलाई विश्व बजारका लागि सार्बजनिक गरेको केही समयपछि कियाले भारतमा यसको उत्पादन सुरु गरेको छ । नयाँ सेल्टोसलाई कियाको आन्ध्र प्रदेशस्थित अनन्तपुर प्लान्टमा उत्पादन थालिएको हो । एसयूभी आगामी जनवरी २ तारिखमा लन्च हुने र लगत्तै डेलिभरी थालिने किया मोटर्स इन्डियाले जनाएको छ ।

नयाँ र एकदमै बोल्ड डिजाइनमा आएको सेल्टोस प्राबिधिक रुपमा समेत भरिपूर्ण रहेको छ । के३ प्लेटफर्ममा आधारित नयाँ सेल्टोस हाल उपलब्ध मोडलको तुलनमा केही ठूलो छ भने ह्विलवेश समेत लामो छ । एसयूभीमा ब्रान्डको पछिल्लो टाइगर नोज ग्रिल दिइएको छ, जसले फ्रन्ट फेसियालाई झनै एग्रेसिभ बनाएको छ ।

कारमा नयाँ थ्री–स्पोक स्टेयरिङ ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीका लागि डुअल १२.३–इन्च डिस्प्ले राखिएका छन् । ओभर–द–एयर अपडेटहरू प्राप्त गर्न सक्षम नयाँ सेल्टोसमा एआई एसिस्टेन्ट, हेड–अप डिस्प्ले र ड्राइभर एसिस्टेन्स प्रविधि समेत सामेल गरिएको छ ।

नयाँ जेनेरेसनको सेल्टोस बजार अनुसार विभिन्न इन्जिनहरूमा उपलब्ध हुनेछ । कियाले १.६ लिटर टर्बो पेट्रोल र २.० लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध गराउने जनाएको छ । साथै भेइकल–टु–लोड र रिजेनेरिटिभ ब्रेकिङ सहितको हाइब्रिड पावरट्रेनमा समेत आउने अपेक्षा गरिएको छ ।

भारतमा, सेल्टोस १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल, १.५–लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पमा उपलब्ध रहँदै आएको छ । ट्रान्समिसन विकल्पहरूमा म्यानुअल, आईएमटी, सिभिटी र टर्क–कन्भर्टर अटोमेटिक समावेश हुनेछन् ।

सम्बन्धित समाचारहरू

किया ईभी–५ को एक्सपोर्ट मोडल उत्पादन सुरु, राइट ह्यान्ड ड्राइभमा पनि आउने

किया ईभी–५ को एक्सपोर्ट मोडल उत्पादन सुरु, राइट ह्यान्ड ड्राइभमा पनि आउने

कियाले आफ्नो इलेक्ट्रिक कम्प्याक्ट एसयुभी ईभी–५ को एक्सपोर्ट मोडललाई...

सेल्टोसमा थपियो दुई नयाँ भेरिएन्ट, सप्लाई सहज बनाउन केही फिचर कटौती

सेल्टोसमा थपियो दुई नयाँ भेरिएन्ट, सप्लाई सहज बनाउन केही फिचर कटौती

कीयाले आफ्नो सर्बाधिक लोकिप्रय एसयूभी सेल्टोसमा दुई नयाँ भेरिएन्ट थप...

अपडेटेड किया पिकान्टोको तस्विर लिक, यस्तो हुनेछ विशेषता

अपडेटेड किया पिकान्टोको तस्विर लिक, यस्तो हुनेछ विशेषता

२०१७ मा पहिलो पटक लन्च गरिएको किया पिकान्टोको सफलता पछि कम्पनीले अब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...