रोहित पौडेलले जितेको जेइको जे५ को २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले बेहोर्ने

काठमाडौं — नेपाल प्रिमियम लिग (एनपीएल) सिजन २ को ऐतिहासिक समापनसँगै, नेपालका लागि ओमोडा र जेइको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका लागि एक महत्वपूर्ण सहयोगको घोषणा गरेको छ।

एनपीएल सिजन २ मा "इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट" घोषित भएका रोहित पौडेललाई पुरस्कार स्वरूप प्रदान गरिएको जेइकाे जे५ इलेक्ट्रिक एसयूभीको भव्य हस्तान्तरण कार्यक्रमका क्रममा, कम्पनीले उक्त गाडीमा लाग्ने २५ प्रतिशत उपहार कर (Gift Tax) पूर्ण रूपमा आफैँले बेहोर्ने आधिकारिक घोषणा गरेको छ।

जेइको जे५ एक प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जसलाई विलासिता र मजबुत प्रदर्शन दुवैका लागि डिजाइन गरिएको छ। ४६१ किलोमिटरको रेन्ज, १५५ किलोवाटको शक्तिशाली मोटर र १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स भएको यो गाडी नेपालको विविध भू-बनोटमा एक च्याम्पियनको यात्राका लागि उत्कृष्ट सहयात्री हुने कम्पनीकाे भनाइ छ ।

ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गरेको थियो । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा पहिले नै गरेको थियो ।

जेइको जे५ को मूल्य हाल ५६ लाख ९९ हजार रुपैयाँ छ । यो फुल इलेक्ट्रिक एसयूभी हो ।

सम्बन्धित समाचारहरू

१० महिनामा १५५१ इलेक्ट्रिक गाडी भित्रिए नेपालमा, बैशाखमा ७८ मात्र

१० महिनामा १५५१ इलेक्ट्रिक गाडी भित्रिए नेपालमा, बैशाखमा ७८ मात्र

काठमाडौं – गत बैशाख महिनामा नेपालमा ७८ युनिट मात्र इलेक्ट्रिक गाडी...

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

सिजी मोटर्सको एक्सचेन्ज क्याम्प, पुराना गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं– सिजि मोटर्सले पुराना गाडीसँग नेटा भी साट्न सकिने क्याम्पको...

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...