१० लाख कार निर्यातको लक्ष्य पुरा गर्दै बीवाईडी, प्रमुख ११ अटोमोटिभ बजारमा टेस्लालाई उछिन्यो

बीवाईडीले २०२५ मा १० लाख सवारी साधन निर्यात गर्ने महत्वपूर्ण माइलस्टोन पुरा गर्न लागेको छ । पछिल्लो उद्योग तथ्याङ्क अनुसार, बीवाईडीको प्यासेन्जर कार निर्यात नोभेम्बर २०२५ मा १ लाख २८ हजार ६७ यूनिट पुगेको छ, जुन गत वर्षको सोहि अवधीको तुलनामा ३१३.४ प्रतिशतको नाटकीय वृद्धि हो । साथै कम्पनीले गत सेप्टेम्वरको तुलनमा ५९.९ प्रतिशतभन्दा बढि निर्यात दर हाँसिल गरेको छ ।

जनवरी देखि नोभेम्बर २०२५ सम्म बीवाईडीले ८ लाख ७८ हजार ४९८ सवारी साधन निर्यात गरिसकेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४४ प्रतिशले बढि हो ।

चेरीले नोभेम्बरमा १ लाख ३५ हजार १९० यूनिट कार निर्यात गरेर चीनको अग्रणी निर्यातकर्ताको रूपमा आफ्नो स्थान कायम राख्न सफल भएपनि बीवाईडीले उसंगको अन्तरलाई घटाएर कडा चुनौती दिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

बीवाईडीले घरेलु बजार चीनसहित ब्राजिल, टर्की, इटाली, स्पेन, हंगेरी, सिंगापुर र क्रोएसियामा न्यू इनर्जी भेइकलको बिक्रीमा नेतृत्व लिन सफल भएको छ ।
२०२५ को पहिलो एघार महिनाको बिक्रीलाई आधार मान्दा बीवाईडीले ब्राजिल, टर्की, स्पेन र इटालीमा न्यू इनर्जी भेइकल सेग्मेन्टमा नेतृत्व गरिरहेको देखाउँछ, जबकि सिंगापुर र हङकङमा समग्र ब्रान्ड बिक्रीमै उसले नेतृत्व हासिल गरिरहेको छ ।

त्यसैगरी, बीवाईडीका उत्पादनले २०२५ मा प्रमुख ११ वटा अटोमोटिभ बजारमा टेस्लालाई उछिनेको छ, जसमा बेलायत, जर्मनी, इटाली, स्पेन, अस्ट्रिया र आयरल्याण्ड जस्ता प्रमुख युरोपेली देशहरु पर्छन् । साथै मलेसिया, टर्की, सिंगापुर, थाइल्याण्ड र चीन लगायतका एशियाली बजारमा बीवाईडीको दवदबा बढ्दै गएको छ ।

सम्बन्धित समाचारहरू

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले सन् २०२५ मा करिव २२ लाख ५५...

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस मोटर शोमा पानीमा तैरिने कार देखि विश्वकै पहिलो एआई प्रयोग भएको कार सम्म प्रदर्शन

पेरिस अटो शो २०२४ आयोजना भइरहेको छ । उक्त शोमा यस्तो उच्च प्रविधिले...

चीनमा बिक्री हुने उत्कृष्ट १० कारको सूचीमा बीवाईडीको ७ मोडल, सिगल बन्यो नम्वर वान

चीनमा बिक्री हुने उत्कृष्ट १० कारको सूचीमा बीवाईडीको ७ मोडल, सिगल बन्यो नम्वर वान

बीवाईडीको ह्याचब्याक कार सिगल चिनमा सर्बाधिक बिक्री हुने कार बनेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...