‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स
काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...
काठमाडौं - निसानकाे नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष ‘निसान म्याग्नाइट महा धमाका’ अफर सार्वजनिक गरेको छ। क्रिसमस र नयाँ वर्षको अवसरलाई लक्षित गर्दै ल्याइएको यस सीमित अवधिको अफरले ग्राहकहरूलाई “ठुलो, दमदार र आकर्षक” निसान म्याग्नाइट आफ्नै बनाउन आकर्षक वित्तीय सुविधा र दीर्घकालीन निश्चिन्तताको उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
सीमित स्टकका लागि मात्र लागू हुने यस उत्सव अफरमा नेपाली परिवारहरूका लागि लक्जरी मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने विभिन्न फाइदाहरू समेटिएका छन्। महा धमाका अफरका मुख्य विशेषता अन्तर्गत निसान म्याग्नाइटको खरिदमा रु. १ लाख नगद छुट, पुरानो गाडी एक्सचेन्ज गरी नयाँ लिन चाहने ग्राहकहरूका लागि रु. १ लाख एक्सचेन्ज बोनस, झन्झटमुक्त ओनरसिप अनुभवको लागि ३ वर्ष निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी तथा थप सुरक्षा सुविधाकाे रुपमा १ वर्षको सम्पूर्ण बिमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स कभर हुनेछ । त्यसैगरी
आईफाेन १७ र जोडीका लागि थाइल्याण्ड यात्रा जस्ता उच्च मूल्यका पुरस्कार जित्ने मौका हुनेछ ।
पायोनियर मोटो कर्पले यस उत्सवको अवसरमा ग्राहकहरूलाई गाडी मात्र भन्दा पनि, सम्पूर्ण लाइफस्टाइल अपग्रेड प्रदान गर्न पाउँदा उत्साहित भएकाे बताएको छ। निसान म्याग्नाइट नेपालकै सबैभन्दा लोकप्रिय कम्प्याक्ट एसयूभीहरूमध्ये एक हो, जसले ५-स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ। यसमा ६ एयरब्याग, हिल-असिस्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, ८ इन्च टचस्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता आधुनिक सुरक्षा तथा सुविधा विशेषताहरू समावेश छन्। साथै, २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि अत्यन्त उपयुक्त बनाउँछ। यो अभियान नेपालभर लागू हुनेछ।
ग्राहकहरूलाई नजिकैको निसान शोरुम वा काठमाडौँको थापाथलीस्थित पायोनियर मोटोकर्पको मुख्य कार्यालयमा पुगेर टेस्ट ड्राइभ बुक गर्न तथा स्टक सकिनुअघि यी सीमित अवधिका फाइदाहरू सुनिश्चित गर्न कम्पनीले आग्रह गरेको छ ।
काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...
काठमाडौं – हाल आईसीसी मेन्स टी-२० वर्ल्ड कप २०२२ ट्रफी टुर चलिरहेको छ । सो...
होन्डा र निसान गठबन्ध प्रक्रिया पुरा भएको छ । यी दुई कम्पनीले एक महिनाअघि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...