सांग्रिला मोटर्सद्वारा लिपमोटर कस्टमर -याली भव्यताका साथ सम्पन्न

काठमाडौँ–सांग्रिला मोटर्स प्रालिले शनिबार आफ्नो बहुप्रतिक्षित ‘लिपमोटर कस्टमर -याली’ भव्यताका साथ सम्पन्न गरेको छ । ‘लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले विस्तारित लिपमोटर परिवारलाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवका लागि एकै ठाउँमा ल्याएको थियो ।

-यालीको सुरुवात सानेपास्थित हेरिटेज गार्डेनबाट भएको थियो, जहाँ बिहान ८ बजे उत्साही सहभागीहरू स्वागत कार्यक्रमका लागि भेला भएका थिए । -यालीको औपचारिक फ्ल्याग–अफ लिपमोटरका ब्रान्ड एम्बेसडर रोहित पौडेल र सांग्रिला मोटर्सका निर्देशक जय गोल्छाद्वारा संयुक्त रूपमा गरिएको थियो ।

फ्ल्याग–अफ पश्चात् विद्युतीय सवारी साधनहरूको लस्कर राजधानीबाट नगरकोटस्थित क्लब हिमालयको मनोरम उचाइतर्फ प्रस्थान गरेको थियो । यस ड्राइभले सवारी धनीहरूलाई घुमाउरो र उकालो भू–भागमा लिपमोटर ईभीको उत्कृष्ट कार्यक्षमता र ह्यान्डलिङको अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै अन्य ईभी प्रेमीहरूसँग आत्मीयता साटासाट गर्ने मौका पनि जुराएको थियो ।

क्लब हिमालयमा क्विज, विभिन्न खेलहरू, बफे लन्च, नेटवर्किङ सेसन र गाडीको चेकजाँच जस्ता विविध गतिविधिहरूका साथ कार्यक्रम सञ्चालन गरिएको थियो, जसले सांग्रिला मोटर्स र यसको बढ्दो ग्राहक बीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।

सम्बन्धित समाचारहरू

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

स्टकमा थन्किएका पेट्रोल कार सस्तो मूल्यमा निर्यात गर्दै चीन

चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...

३ लाख ६८ हजार सम्मले घट्यो भारतमा एमजी जेडएस इभीको मूल्य

३ लाख ६८ हजार सम्मले घट्यो भारतमा एमजी जेडएस इभीको मूल्य

एमजीले भारतमा जेडएस इभीको मूल्य भारी मात्राले कम गरेको छ । एमजी मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...