हुस्सु–कुहिरोका कारण हुन सक्ने सवारी दुर्घटना र न्यूनीकरणका उपाय

जाडो महिनाको आगमनसँगै नेपालका पहाडी सडक र भित्री मधेशका क्षेत्रहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम सुरु भएको छ । कुहिरोले सडकको दृश्यता अत्यन्तै कम गरिदिँदा सवारी साधन, पैदलयात्री तथा सडक संरचना स्पष्ट देखिँदैनन्, जसका कारण सवारी दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढ्छ ।

यस्तो अवस्थामा चालक, यात्रु र पैदलयात्री सबैले उच्च सतर्कता र जिम्मेवार व्यवहार अपनाउनु अपरिहार्य हुन्छ । यो जाडोको मौषममा लाग्ने हुस्सु र कुहिरो बीच तपाईंको सुरक्षित यात्राको सुनिश्चितताका लागि तल उल्लेखित सावधानीका उपायहरू प्रभावकारी रूपमा पालन गर्नु आवश्यक छ :

१. गति नियन्त्रण र सुरक्षित दूरी कायम
• कुहिरो लागेको अवस्थामा सवारीको गति सामान्य अवस्था भन्दा निकै कम राख्नुहोस् ।
• अगाडिको सवारीसँग पर्याप्त सुरक्षित दूरी कायम गरी सवारी चलाउनुहोस् ।
• आकस्मिक रूपमा ब्रेक लगाउनुपर्ने अवस्था आउन नदिन संयमता र धैर्यताका साथ सवारी सञ्चालन गर्नुहोस् ।

२. बत्ती (लाइट) को विवेकपूर्ण प्रयोग
• हेडलाइट, टेल लाइट तथा फग लाइट अनिवार्य रूपमा बालेर सवारी चलाउनुहोस् ।
• हाई - बिम बत्ती प्रयोग नगर्नुहोस्, यसले कुहिरोमा परावर्तन भई दृश्यता झन् कमजोर बनाउँछ ।
• यात्राअघि सवारीका सबै बत्ती, सिसा र वाइपर ठीकसँग काम गरिरहेको छ कि छैन ? जाँच गर्नुहोस् ।

३. ओभरटेक नगर्ने र लेन अनुशासन पालना
• कुहिरो लागेको बेला अनावश्यक तथा जोखिमपूर्ण रुपमा ओभरटेक नगर्नुहोस् ।
• लेन अनुशासनको पूर्ण रूपमा पालना गर्नुहोस् ।
• घुम्ती, उकालो - ओरालो, पुल / पुलेसा तथा जोखिमयुक्त सडक खण्डमा विशेष सावधानी अपनाउनुहोस् ।

४. सडक संकेत र ट्राफिक नियमको कडाइका साथ पालना
• सडक चिन्ह, लेन मार्किङ र ट्राफिक संकेतहरूलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।
• दुर्घटना सम्भावना बढी हुने स्थानमा सवारीको गति अझै घटाउनुहोस् ।
• ट्राफिक प्रहरीले दिएको निर्देशन तथा सडक संकेतलाई अक्षरशः पालना गर्नुहोस् ।

५. चालकको स्वास्थ्य, सचेतता र ध्यान
• निद्रा लागेको, अत्यधिक थकित वा अस्वस्थ अवस्थामा सवारी नचलाउनुहोस् ।
• मदिरा सेवन गरी सवारी चलाउनु कानुनी अपराध मात्र नभई ज्यान जोखिममा पार्ने कार्य हो ।
• सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगरी पूर्ण ध्यान सडक तर्फ केन्द्रित गर्नुहोस् ।
• लामो यात्रामा समय - समयमा विश्राम लिने बानी बसाल्नुहोस् ।

६. पैदलयात्री तथा दुईपांग्रे सवारी चालकका लागि विशेष सावधानी
• उज्यालो र रिफ्लेक्टिभ (प्रतिबिम्बित) कपडाको प्रयोग गर्नुहोस् ।
• सडक छेउबाट सतर्कतापूर्वक हिँड्नुहोस् ।
• साइकल र मोटरसाइकलमा लाइट तथा रिफ्लेक्टर अनिवार्य रूपमा प्रयोग गर्नुहोस् ।

७. अत्यधिक कुहिरोमा अपनाउनुपर्ने आकस्मिक उपाय
• दृश्यता अत्यन्तै कम भए जबर्जस्ती सवारी नचलाउनुहोस् ।
• सुरक्षित स्थानमा सवारी साधनलाई सडकको किनार (Safe Shoulder) मा लगेर पार्किङ गर्नुहोस् ।
• पार्किङ लाइट बालिराखी कुहिरो हट्ने प्रतीक्षा गर्नुहोस् र दृश्यता सुधार भएपछि मात्र यात्रा पुनः सुरु गर्नुहोस् ।

हुस्सु र कुहिरो प्राकृतिक अवस्था भए पनि सचेतना, संयमता र जिम्मेवार व्यवहार अपनाएमा सवारी दुर्घटना धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । सडक सुरक्षित राख्नु ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन, चालक, यात्रु र पैदलयात्री सबैको साझा दायित्व हो । ट्राफिक नियमको पालन गरौँ, सुरक्षित यात्राको संस्कार विकास गरौँ र आफ्नो तथा अरूको जीवन सुरक्षित राखौँ ।

–प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समयतालिका परिवर्तन

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समयतालिका परिवर्तन

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय परिवर्तन भएको छ ।...

सिद्धबाबा सुरुङ मार्गबाट दसैँसम्म गाडी गुड्ने

सिद्धबाबा सुरुङ मार्गबाट दसैँसम्म गाडी गुड्ने

सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गबाट...

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...