यसरी भयो यी लक्जरी कार निर्माता कम्पनीको नामाकरण
करोडौं मूल्य र नयाँ प्रविधिका गाडीहरूको बारेमा सुन्नुभएकै होला । तर के...
निसानले २०२६ देखि आक्रामक प्रोडक्ट प्लान रणनीति अपनाउँदै भारतमा लगातार नयाँ मोडलहरू लन्च गर्ने योजना बनाएको छ। हाल भारतमा निसानको लाइनअपमा केवल म्याग्नाइट मात्र उपलब्ध छ, तर २०२६ को अन्त्यसम्ममा कम्पनीको पोर्टफोलियो तीन मोडलमा विस्तार हुनेछ। यसपछि २०२७ मा चौथो मोडल पनि थपिने योजना छ।
निसानले आफ्नो योजना अन्तर्गत पहिले एमवाई२०२६ म्याग्नाइटबाट सुरु गर्नेछ । कम्पनीले यसमा सानो अपडेट गर्ने अपेक्षा गरिएको छ । यद्यपि यसको डिजाइन वा मेकानिकलमा परिवर्तन गरिने छैन । यसले रेनो काइगर र मारुती फ्रङ्क्स जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । म्याग्नाइटको सो अपडेट मार्च २०२६ मा आउने नयाँ एमपीभी भन्दा अघि नै बजारमा आउन सक्ने अनुमान गरिएको छ ।
निसानले नयाँ कम्प्याक्ट एमपीभी ग्रेभाइटको नामले पेश गर्नेछ । सो मोडल जनवरी २०२६ मा सार्वजनिक गरिनेछ भने यसको मूल्य मार्च २०२६ मा घोषणा गरिनेछ । ग्रेभाइट रेनो ट्राइबरमा आधारित हुनेछ । यसमा नयाँ बम्पर, नयाँ लाइटिङ डिजाइन, नयाँ अलोय ह्विल साथै क्याबिनमा नयाँ ट्रिम र रङ विकल्प हुनेछ । फिचरको हिसाबले यो धेरै हदसम्म ट्राइबरकै जस्तो रहने अपेक्षा गरिएको छ । ग्रेभाइटमा १.० लिटर पेट्रोल इन्जिन रहनेछ, जसले ७२ हर्सपावर उत्पादन गर्नेछ र यसमा म्यानुअल तथा एएमटी गियरबक्सको विकल्प उपलब्ध हुनेछ।
त्यसपछि निसानको सबैभन्दा महत्त्वपूर्ण र धेरै प्रतिक्षित मोडल मध्यम आकारको एसयूभी टेक्टन हुनेछ । सो एसयूभी रेनोको नयाँ डस्टर प्लेटफर्ममा आधारित हुनेछ र २०२६ को मध्यतिर भारतमा लन्च हुने सम्भावना छ । टेक्टनले भारतमा मिड साइज एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा र टाटा सिएरा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । यसमा ठूलो ग्रिल, शार्प क्यारेक्टर लाइन र सी आकारका डिजाइन एलिमेन्टहरू हुने अपेक्षा गरिएको छ । यसमा १.३ लिटर टर्बो पेट्रोल इन्जिन हुने सम्भावना छ ।
करोडौं मूल्य र नयाँ प्रविधिका गाडीहरूको बारेमा सुन्नुभएकै होला । तर के...
काठमाडौं– जापनिज अटो निर्माता निसानले जनवरी १, २०२६ देखी भारतीय बजारमा...
निसान मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी निसान टेक्टन सी भारतीय बजारमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...