‘डिजेल किङ’का रुपमा स्थापित हुँदै महिन्द्रा, अन्य ब्रान्डको अवस्था के ?

डिजेल कारको बजार पेट्रोल र सिएनजीले विस्थापित गरिरहेको सन्दर्भमा भारतमा महिन्द्राका डिजेल कारहरु सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको रूपमा देखा परेको छ । यस वर्ष भारतमा अहिलेसम्म बिक्री भएका सबै नयाँ डिजेल कारहरूको ५० प्रतिशत हिस्सा महिन्द्राको थियो ।

इक्विरस रिसर्चका अनुसार, डिजेल कार बजारमा महिन्द्राको हिस्सा २०२४ को तुलनामा ५३ प्रतिशतबाट बढेर यस वर्ष ५६ प्रतिशत हुने अनुमान गरिएको छ । जबकी समग्र बिक्रीमा डिजेलको हिस्सा ३३ प्रतिशतबाट झरेर १८ प्रतिशतमा सिमित भएको छ ।

डिजेल कार सेग्मेन्टमा महिन्द्राको बढ्दो बजार हिस्सा स्कर्पियो–एन, थार र एक्सयूभी ७०० जस्ता मोडेलहरूको बलियो मागले संभव बनाएको हो । अर्कोतर्फ, प्रतिद्वन्द्वी ब्रान्डहरूले बजार हिस्सा गुमाउँदै जाँदा महिन्द्रा ‘डिजेल किङ’का रुपमा स्थापित हुँदै गएको छ ।

हुन्डाईको डिजेल हिस्सा २२ प्रतिशतबाट घटेर १४ प्रतिशतमा झरेको छ भने कियाको हिस्सा ११ प्रतिशतमाा सिमिते हुने अनुमान गरिएको छ । टाटा मोटर्सले आफ्नो डिजेल हिस्सा २०२५ मा ८ प्रतिशतमा झर्ने अनुमान लगाएको छ, जुन गत वर्ष १४ प्रतिशत थियो ।

मारुति सुजुकी, होन्डा र टोयोटा जस्ता अन्य ब्रान्डहरूले आफ्नो ध्यान पेट्रोल र हाइब्रिड सवारी साधनहरूमा केन्द्रित गरेका कारण डिजेलको हिस्स एकदमै न्यून रहेको छ ।

सम्बन्धित समाचारहरू

बोलेरो गाडी एकाएक जमिनमा भासिएर बेपत्ता ….

बोलेरो गाडी एकाएक जमिनमा भासिएर बेपत्ता ….

काठमाडौं – हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी बेपत्ता भएको छ ।...

स्कर्पियो एनमा आधारित नयाँ पिकअप ल्याउँदै महिन्द्रा

स्कर्पियो एनमा आधारित नयाँ पिकअप ल्याउँदै महिन्द्रा

महिन्द्राले अगष्ट १५ मा नयाँ पिकअपको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । सो...

एक्सयुभी ७०० को वढ्दो अभाव, माग बढी कि उत्पादन कम ?

एक्सयुभी ७०० को वढ्दो अभाव, माग बढी कि उत्पादन कम ?

भारतको सबैभन्दा ठूलो एसयूभी उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...