स्कर्पियो एनको फेसलिफ्ट भर्सन लन्च हुने मिति नजिकिँदै, यस्तो हुनेछ विशेषता

महिन्द्राको सर्बाधिक सफल मोडल स्कर्पियो एनले पहिलोपटक मिडलाइफ मेकओभर पाउने भएको छ । पछिल्लो रिपेर्ट अनुसार, अपडेट गरिएको स्कर्पियो एन २०२६ को पहिलो त्रैमासिकमा लन्च हुने संभावना देखिएको छ ।

स्कोर्पियो एन फेसलिफ्टको प्रोटोटाइपहरू पहिले नै परीक्षणमा देखिएको छ । परीक्षणका क्रममा देखिएका तस्विरलाई अनुमान गर्दा एसयूभीले केही कस्मेटिक अपडेटहरू पाउने संकेत देखाएको छ । कारमा पुरै नयाँ डिजाइनको हेडल्याम्प तथा टेललाइटहरू, नयाँ ग्रिल र नयाँ १८ इन्च एलोय ह्वील जडान गरिएको हुनेछ ।

अपग्रेडको अर्को भागका रुपमा स्कर्पियो एनले ८ इन्च युनिटलाई प्रतिस्थापन गर्दै ठूलो १०.२५–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र अपडेट गरिएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्राप्त गर्नेछ । महिन्द्राले नयाँ अपहोल्स्ट्रीका साथ यसको इन्टेरियरलाई समेत फ्रेस बनाउने संभावना रहेको छ ।

पावरट्रेनको कुरा गर्नुपर्दा एसयूभीले उही पुरानै २.० लिटर टर्बो–पेट्रोल र २.२ लिटर डिजेल इन्जिनहरू पाउनेछ । म्यानुअल र अटोमेटिक ट्रान्समिसनक साथ प्रस्ताव गरिने यसको केही भेरएन्टमा ४ ह्वील ड्राइभ पनि हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...