ओमोडा एन्ड जेइकोको अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न, मोबिलिटीका नयाँ प्रविधि प्रदर्शन
चेरी ग्रुपअन्तर्गतको चिनियाँ अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले चीनको...
बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । सन् २०२१ अगष्टमा लन्च भएको यो मोडलले छोटो समयमै प्रिमियम विद्युतीय ह्याचब्याक सेग्मेन्टमा बलियोस्थान बनाउन सफल भएको हो ।
चार वर्षमै १० लाख युनिट बिक्री गर्न सफल डल्फिन बीवाईडीका मोडलहरू मध्ये छोटो समयमै सर्वाधिक बिक्री हुने कारको रूपमा स्थापित भएको छ। हाल चिनियाँ बजारमा यसको २०२५ मोडल बिक्री भइरहेको छ ।
ई–प्लेटफर्म ३.० मा निर्माण गरिएको यो कारमा ४५ र ६० किलोवाट आवर क्षमताका ब्याट्री अप्सन तथा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। फास्ट–चार्जिङ सपोर्ट भएको यो ईभीलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। फुल चार्ज हुँदा यसले करिब ३४० किलोमिटर रेन्ज प्रदान गर्छ।
डल्फिनमा ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.१ वा १२.८ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन उपलब्ध छ। साथै अपरेटिङ सिस्टमका रूपमा बीवाईडीको आफ्नै डिलिंक प्रयोग गरिएको छ। कारमा ५० वाट क्षमताको वायरलेस फोन चार्जर पनि उपलब्ध गराइएको छ।
नेपाली बजारमा समेत डल्फिनले निकै राम्रो लोकप्रियता कमाइरहेको छ । प्रिमियम विद्युतीय ह्याचब्याक सेग्मेन्टमा पर्ने यस कारको मूल्य ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। साइमेक्स इंक प्रालिको आधिकारिक वितरणमा रहेको डल्फिनको हालसम्म करिब २ हजार ५०० युनिट बिक्री भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...