कस्तो छ नयाँ किया सेल्टोस ? यी हुन् महत्वपूर्ण फिचर

टाटा सिएराको पुनःआगमन पछि अब नयाँ कियाको सेल्टोस पनि पुनःआगमन हुने भएको छ । कम्पनीले यसपटक सेल्टोसलाई पहिलेभन्दा ठुलो, आकर्षक र प्रविधिले भरिपूर्ण बनाउँदै सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ। नयाँ किया सेल्टोसको बुकिङ डिसेम्बर ११ को मध्यरातदेखि खुल्नेछ भने यसको मूल्य जनवरी २, २०२६ मा सार्वजनिक गरिनेछ।

यसले बजारमा टाटा सिएरा र हुन्डाई क्रेटाजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ । कियाले यसलाई एचटीई, एचटीके, एचटीएक्स र जीटीएक्स गरी चार ट्रिममा उपलब्ध गराएको छ। साथै सुविधा, प्रिमियम, एडास र एक्सलाइन डिजाइन थप्न चारवटा वैकल्पिक प्याक पनि प्रस्ताव गरिएको छ ।

नयाँ किया सेल्टोस आकारका हिसाबले पनि आफ्नो सेगमेन्टको सबैभन्दा लामो एसयूभी बनेको छ। यो ४४६० एमएम लम्बाइ र १८३० एमएम चौडाइसहित आएको छ । यसको ह्विलबेस २,६९० एमएमको छ । नयाँ सेल्टोसमा डिजिटल टाइगर फेस, हाई ग्लस ग्रिल, गनमेटल एक्सेन्ट तथा आइस–क्युब एलईडी प्रोजेक्शन हेडलाइट जस्ता आकर्षक एलिमेन्ट समावेश छ ।

१८ इन्चका स्पोर्टी क्रिस्टल कट अलोय ह्विल, इन्टिग्रेटेड रियर स्पोइल, स्टार म्याप एलईडी डीआरएल र कनेक्टेड टेल ल्याम्पले कारको बाहिरी लुकलाई प्रिमियम बनाएको छ । नयाँ सेल्टोस १० वटा मोनो–टोन रङमा उपलब्ध छ ।

नयाँ सेल्टोसमा ३० इन्चको ट्रिनिटी प्यानोरामिक डिस्प्ले प्यानल, ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ८ स्पिकर अडियो सिस्टम, १० वे पावर ड्राइभर सिट, लम्बर एडजस्टमेन्ट, भेन्टिलेटेड फ्रन्ट सिट,  मेमोरी फङ्सन, इन्टिग्रेटेड ड्राइभर सिट जस्ता फिचर समावेश गरिएको छ । साथै लेभल २ एडास, २१ वटा अटोमेटिक सेफ्टी फिचर फ्रन्ट कोलिजन वार्निङ, फ्रन्ट कोलिजन अवोइडन्स असिस्ट, लेन किप असिस्ट, र स्टप–एण्ड–गो क्षमतासहितको स्मार्ट क्रुज कन्ट्रोल जस्ता सेफ्टी फिचर समावेश छ ।

नयाँ सेल्टोस स्मार्टस्ट्रीम जी१.५ पेट्रोल, स्मार्टस्ट्रीम जी१.५ टी जीडीआई पेट्रोल र १.५ लिटर सीआरडीआई भीजीटी डिजेल गरी तीन इन्जिन विकल्पहरूसहित आएको छ । ट्रान्समिसनमा ६ स्पिड म्यानुअल, ६आईएमटी, आईभीटी, ७ स्पिड डीसीटी र ६ स्पिड अटोमेटिक उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाको बहुप्रतिक्षित एसयुभी साइरोस सार्बजनिक, यस्तो छ विशेषता

कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...

कियाले एमपीभी सेगमेन्टमा मास मार्केटको लागि नयाँ इलेक्ट्रिक कार ल्याउने

कियाले एमपीभी सेगमेन्टमा मास मार्केटको लागि नयाँ इलेक्ट्रिक कार ल्याउने

किया मोटर्सले अक्टोबर २०२४ मा प्रिमियम इलेक्ट्रिक एसयूभी किया ईभी९ भारतमा...

कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

कियाले ल्यायो मनसुन मेनिया, १ लाख क्यास डिस्काउन्ट र १ लाख एक्सचेन्ज बोनस

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...