न्यूयोर्क अटो शोमा किया सेल्टोस हाइब्रिड सार्वजनिक, भारतमा अर्को वर्ष लन्च हुने सम्भावना
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...
काठमाडौं–कियाले दोस्रो पुस्ताको सेल्टोसलाई विश्व बजारका लागि सार्बजनिक गरेको छ । नयाँ र एकदमै बोल्ड डिजाइनमा आएको सेल्टोस प्राबिधिक रुपमा समेत भरिपूर्ण रहेको छ । भारतमा आजैदेखी यसको बुकिङ खुला हुने र जनवरी २०२६ को मध्येबाट डेलिभरी सुरु हुने जनाइएको छ ।
के३ प्लेटफर्ममा आधारित नयाँ सेल्टोस हाल उपलब्ध मोडलको तुलनमा केही ठूलो छ भने ह्विलवेश समेत लामो छ । एसयूभीमा ब्रान्डको पछिल्लो टाइगर नोज ग्रिल दिइएको छ, जसले फ्रन्ट फेसियालाई झनै एग्रेसिभ बनाएको छ ।
कारमा नयाँ थ्री–स्पोक स्टेयरिङ ह्वील र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेनमेन्ट प्रणालीका लागि डुअल १२.३–इन्च डिस्प्ले राखिएका छन् । ओभर–द–एयर अपडेटहरू प्राप्त गर्न सक्षम नयाँ सेल्टोसमा एआई एसिस्टेन्ट, हेड–अप डिस्प्ले र ड्राइभर एसिस्टेन्स प्रविधि समेत सामेल गरिएको छ ।
नयाँ जेनेरेसनको सेल्टोस बजार अनुसार विभिन्न इन्जिनहरूमा उपलब्ध हुनेछ । कियाले १.६ लिटर टर्बो पेट्रोल र २.० लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिन उपलब्ध गराउने जनाएको छ । साथै भेइकल–टु–लोड र रिजेनेरिटिभ ब्रेकिङ सहितको हाइब्रिड पावरट्रेनमा समेत आउने अपेक्षा गरिएको छ ।
भारतमा, सेल्टोस १.५ लिटर प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल, १.५–लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन विकल्पमा उपलब्ध रहँदै आएको छ । ट्रान्समिसन विकल्पहरूमा म्यानुअल, आईएमटी, सिभिटी र टर्क–कन्भर्टर अटोमेटिक समावेश हुनेछन् ।
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...
कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...
सेल्टोस, कार्निभल र सोनेट जस्ता उत्कृष्ट कारको सफलता पछि कियाले अब आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...