नासा नेपाल बन्यो एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट मोटर स्पोर्ट्स फेडेरेसन

काठमाडौं - अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।

एफआईएका एक सय एकाउन्न देशका स्पोट्र्स फेडेरेसनहरूमध्ये, महादेशीय रूपमा जम्मा छ वटा फेडेरेसनहरू मात्र सो अवार्डका लागि उत्कृष्टको सूचीमा सार्वजनिक भएका छन् । एफआईएका अध्यक्ष मोहम्मद बिन सुल्येयामले सामाजिक संजाल इन्स्टाग्राम मार्फत परिणाम सार्वजनिक गर्दै उत्कृष्ट सूचीमा समावेश भएकोमा नासा नेपाललाई बधाई दिएका छन् ।

प्रत्येक वर्ष सदस्य संघहरूद्वारा सञ्चालन गरिएका परियोजना, सफल इभेन्ट, विशेष अभियान, प्राप्त उपलब्धि तथा संघको क्रियाशीलता जस्ता सूचकका आधारमा उम्मेदवारी मागिने गरिन्छ । ती उम्मेदवारीहरुको विस्तृत अध्ययन र मूल्यांकनपछि महादेशीय स्तरमा उत्कृष्ट फेडेरेसन चयन गरिन्छ । यस वर्ष एसिया प्यासिफिक क्षेत्रबाट अस्ट्रेलिया, श्रीलंका लगायत आधा दर्जन उम्मेदवारी दिएका थिए, जसको प्रारम्भिक सूची एफआईएएले यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

आधारभूत तहदेखि महादेशीय स्तरसम्म मोटर स्पोट्र्समा हासिल उपलब्धि, महिला, युवा, विद्यार्थी तथा शैक्षिक क्षेत्रको उल्लेखनीय सहभागिता, आधारभूत तहको फाउन्डेसन निर्माण, सार्वजनिक संलग्नता र पहिचानलाई मुख्य सूचक मान्दै नासा नेपालले अघि सारेको ग्रासरुट टु ग्लोरी अभियानले यस प्रतिष्ठित सफलतामा योगदान पुर्याएको हो ।

संघको नवौं साधारण सभाबाट पारित ‘नासा नेपालः टोलदेखि वल्र्डसम्म’ अवधारणा अन्तर्गतकै मुख्य परियोजना ‘ग्रासरुट टु ग्लोरी’ रहेको छ ।

आगामी डिसेम्बर ९ देखि १२ सम्म उज्बेकिस्तानको राजधानी तासकेन्तमा हुने एफआईएको साधारण सभामा सो अवार्ड प्रदान गरिने जानकारी हालै अवार्ड टिमले नासा नेपाललाई औपचारिक रूपमा दिएको छ। यो उपलब्धि समग्र नेपाली खेलकुद क्षेत्रका लागि एक गर्वको क्षण हुनेछ ।

नेसनल मोटर स्पोट्र्स एचिभमेन्ट अवर्डका लागि एसिया प्यासिफिक, मिडल इस्ट, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोप गरी छवटा उत्कृष्ट फेडेरेसनमध्येबाट एक सर्वोत्कृष्ट फेडेरेसन अझै सार्वजनिक हुने बाँकी छ ।

विश्वभरका मोटरस्पोट्र्स र अटोमोबाइल फेडेरेसनहरूको गभर्निङ बडी एफआईएमा हाल २४९ नेसनल फेडेरेसनहरू आबद्ध छन् । सन् १९०४ मा पेरिसमा स्थापना भएको एफआईएले फर्मुला वन लगायत सम्पूर्ण मोटर स्पोट्र्सको व्यवस्थापन र अनुगमन गर्ने गर्दछ, जहाँ नासा नेपाल २०१२ देखि पूर्ण सदस्यका रूपमा आबद्ध छ ।

कमजोर पूर्वाधार, सीमित साधन–स्रोत र प्रविधि अभावका बीच पनि नासा नेपाल एसिया प्यासिफिक क्षेत्रको उत्कृष्ट सूचिमा पर्नु संघका अफिसियल, प्रविधिक र खेलाडीहरूको निरन्तर परिश्रम र प्रतिबद्धताको प्रतिफल हो, जसले संघलाई आगामी दिनमा अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढ्न प्रेरणा दिएको बताएको छ ।

सम्बन्धित समाचारहरू

सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम वारे नीतिगत छलफल सम्पन्न

सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम वारे नीतिगत छलफल सम्पन्न

काठमाडौं – नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयमा सडक सुरक्षा...

भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता बने दिपेश

चितवन – चितवनको भरतपुरमा सम्पन्न भरतपुर फ्ल्याट ट्रयाक २०८० का विजेता...

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...