स्कोडा र फक्सवागन इन्डियाको ५० प्रतिशत सेयर खरिद गर्दै महिन्द्रा
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
महिन्द्राले आफ्नो नयाँ एसयूभी महिन्द्रा एक्सयूभी ७एक्सओ जनवरीमा लन्च गर्ने घोषणा गरेको छ। कम्पनीले सो एसयूभीको १४ सेकेन्डको टिजर पनि सार्वजनिक गरेको छ ।
महिन्द्रा एक्सयूभी ७एक्सओ, कम्पनीको लोकप्रिय मोडल एक्सयूभी ७०० को अपडेटेड संस्करणका रूपमा आउनेछ। सार्वजनिक गरिएको टिजरका अनुसार यसमा आकर्षक एल आकारका एलईडी डीआरएल, प्रोजेक्टर हेडलाइट तथा एलईडी टेललाइटको झलक देख्न सकिन्छ । सो ७एक्सओले महिन्द्राको एसयूभी लाइनअपलाई आधुनिक स्वरूप दिने अपेक्षा गरिएको छ।
सो एसयूभीमा प्रिमियम इन्टेरियर, प्यानोरामिक सनरुफ, एडास, हर्मन अडियो सिस्टम, ट्रिपल–स्क्रिन सेटअप, ३६०-डिग्री क्यामेरा, ईबीडी सहित एबीएस, ६ एयरब्याग, तथा आईसोफिक्स चाइल्ड एंकरेज जस्ता फिचर समावेश हुने अनुमान छ ।
इन्जिनको विकल्पमा यसमा पेट्रोल र डिजेल दुवै विकल्पमा उपलब्ध हुने अनुमान छ । यो २.० लिटर टर्बोचार्ज्ड पेट्रोल तथा २.२ लिटर टर्बोचार्ज्ड डिजेल इन्जिनका साथ आउने सम्भावना छ। ट्रान्समिसनका लागि ६ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक विकल्प उपलब्ध गराइनेछ।
सो एसयूभीले एमजी हेक्टर, टाटा सिएरा, टाटा सफारी, हुन्डाई क्रेटा, होन्डा एलिभेट, किया सेल्टोस तथा हुन्डाई क्रेटा जस्ता लोकप्रिय मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
भारतिय अटो निर्माता महिन्द्राले स्कोडा अटो र फक्सवागन इन्डियाको ५०...
महिन्द्राले पछिल्लो समय लन्च गरेको नयाँ ईभी बीई६ र एक्सईभी ९ई हाईब्रिड...
महिन्द्रा थार लन्च भएदेखि यसको बिक्री तीव्र गतिमा बढेको छ । कम्पनीले पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...