चेतकको प्रिमियम भेरिएन्ट ल्याउँदै बजाज, फिचर र रेन्ज बढ्ने
काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक...
बजाज अटोले आफ्नो लोकप्रिय १६० सीसी स्पोर्ट–नेकेड मोटरसाइकल, बजाज पल्सर एन१६० को नयाँ सिंगल–सिट भेरिएन्ट लन्च गरेको छ। यसमा आकर्षक गोल्ड यूएसडी फोर्कको प्रयोग गरिएको छ, जसले बाइकलाई स्पोर्टी र प्रिमियम बनाएको छ।
कम्पनीले यसलाई सिंगल सिट ट्विन डिस्क, ड्युअल च्यानल एबीएस, नयाँ सिंगल सिट यूएसडी फोर्क र टप स्पेक यूएसडी फोर्क प्लस ड्युअल एबीएस गरी ४ भेरिएन्टमा उपलब्ध गराएको छ।
पल्सर एन१६० मा १६४.८२ सिसीको सिंगल सिलिन्डर इन्जिनलाई कायम राखेको छ, जसले ८७५० आरपीएममा १६ पीएस र ६७५० आरपीएममा १४.६५ एनएम टर्क दिन्छ । सो इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
यसमा प्रयोग गरिएको अगाडिको सस्पेन्सन भेरिएन्ट अनुसार टेलिस्कोपिक वा गोल्ड यूएसडी फोर्क प्रयोग गरिएको छ । पछाडितर्फ मोनोशक सस्पेन्सन राखिएको छ। अगाडितर्फ ३०० एमएम र पछाडितर्फ २३० एमएम डिस्क ब्रेक समावेश गरिएको छ । साथै भेरिएन्ट अनुसार एबीएस सिंगल च्यानल वा ड्युअल च्यानल उपलब्ध छ ।
कम्पनीले यसमा बाई फक्शनल एलईडी प्रोजेक्टर हेडलाइट, एलईडी डीआरएल, ग्लिटर प्याटर्नका एलईडी टेललाइट, यूएसबी मोबाइल चार्जिङ, ड्युअल एबीएस टर्न बाई टर्न नेभिगेसन र एबीएस राइड मोड डिस्प्ले जस्ता सुविधा समावेश गरेको छ ।
नयाँ भेरिएन्टको डाइमेन्शनमा कुनै परिवर्तन गरिएको छैन । यसमा १३४८ एमएम ह्विलबेस, ७९५ एमएम सिट उचाइ, १६५ एमएम ग्राउन्ड क्लियरेन्स, १५२ किलो तौल र १४ लिटरको इन्धन ट्याङ्की रहेको छ ।
काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक...
भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...
फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...