दुबई एयर शोमा उड्ने ट्याक्सी प्रदर्शन हुने, १,५०० कम्पनी सहभागी हुने
दुबईले आगामी नोभेम्बर १७ देखि २१ सम्म दुबई एयर शो २०२५ आयोजना गर्ने भएको छ ।...
मलेसियन कार निर्माता कम्पनी पेरोडुवाले पहिलो ब्याट्री इलेक्ट्रिक सवारी साधन (ईभी) लन्च गरेको छ । कम्पनीले सब–कम्प्याक्ट ब्याट्री इलेक्ट्रिक क्रसओभरको रुपमा क्यूभी–ई ईभी लन्च गरेको हो । मलेसियामै उत्पादन भएको पेरोडुवाको पहिलो ईभीका साथै सबैका लागि अफोर्डेबल समेत भएको सो ईभीको मूल्य ब्याट्री वाहेक ८० हजार आरएम अर्थात करिव २८ लाख हाराहारी रुपैयाँ रहेको छ ।
पेरोडुवाले ब्याट्री–एज–अ–सर्भिस अर्थात बीएएएस मोडल पनि शुरु गरेको छ, जस अन्तर्गत प्रयोगकर्ताले ब्याट्री खरिद गर्नुपर्ने छैन, बरु मासिक शुल्क तिरेर ब्याट्री भाडामा लिन सक्ने छन् ।
हाल मासिक रुपमा ५ सय युनिट मात्र सो ईभी उत्पादन हुनेछ भने सन् २०२६ को तेस्रो क्वाटरबाट भने ३ हजार युनिट सम्म उत्पादन गर्न सकिने क्षमता हुनेछ ।
क्यूभी–ई ईभीमा ५२.५ किलोवाट आवरको एलएफपी ब्याट्री छ, जसले सिंगल चार्जमा ३७८ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ ।
क्यूभी–ई हाल मलेसियन बजारको लागि मात्र उत्पादन हुनेछ । भविष्यमा भने निर्यात समेत हुन सक्ने छ ।
नेपाली बजारमा कुनै समयमा पेरोडुवाका सवारी साधनहरु बिक्री–वितरण हुने गरेका थिए । तत्कालीन समयमा नेमलिंक इन्टरनेसनलले पेरोडुवाका भिभा, माइभी लगायतका सवारी साधन बिक्री–वितरण गर्ने गरेको थियो । तर हाल भने पेरोडुवाका सवारी साधन उपलब्ध छैनन् । भविष्यमा भने यी सवारी साधन नेपालमा समेत उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।
दुबईले आगामी नोभेम्बर १७ देखि २१ सम्म दुबई एयर शो २०२५ आयोजना गर्ने भएको छ ।...
काठमाडौं – नेपाली बजारमै सबैभन्दा बढी अर्थात सिंगल चार्जमा ३२० किलोमिटर...
काठमाडौं – काठमाडौंको सडकमा प्रिमियम ईभी अवतार ११ देखिएको छ । औपचारिक लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...