क्रसएक्सको अर्को नयाँ बाइक सीएक्स३००एक्स, डेलिभरीको अन्तिम चरणमा, मूल्य कति ?

काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले ३०० सीसीको नयाँ बाइक सीएक्स३००एक्स अब औपचारिक रुपमा डेलिभरी गर्ने भएको छ । लामो प्रतीक्षा पश्चात यो बाइक अब ग्राहकलाई हस्तान्तरण गर्ने तयारी भएको कम्पनीको भनाइ छ । त्यसैगरी नयाँ ग्राहकले समेत यसको बुकिङ गर्न सक्ने छन् ।

सो बाइक नयाँ फ्रेम डिजाइन, एड्भान्स्ड इलेक्ट्रोनिक्स, ईएफआई सिस्टम र इन्ह्यान्स्ड सस्पेन्सनका साथ उपलब्ध भएको हो । यी सबैका कारण यसको पर्फमेन्स पहिले भन्दा अझै सुधारिएको र भरपर्दो समेत बनेको छ । नयाँ बाइक सहरी सडक र रफ टेरेन सबैमा उपयुक्त हुनेछ ।

पहिले भन्दा अझै स्मुद र डायनामिक राइडको अनुभूति राइडरलाई हुने भएकाले पावरफुल अनि मोडर्न मेसिन खोज्नेका लागि सीएक्स३००एक्स एकदमै उपयुक्त हुने कम्पनीको भनाइ छ ।

समग्रमा यो बाइकमा नयाँ फ्रेम, नयाँ इन्जिन, नयाँ ईएफआई सिस्टम, नयाँ बडी र नयाँ प्लाष्टिकको प्रयोग भएको छ । यसमा २८३ सीसी सिंगल सिलिन्डर फोर स्ट्रोक ट्विन क्याम इन्जिन रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स ३०० एमएम छ भने सिटको उचाई ९२० एमएम छ । यसमा ८ लिटरको इन्धन ट्यांकी रहेको छ ।

यसको मूल्य ९ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

फेरि खुल्यो क्रसएक्स २५०आर ईएफआईको बुकिङ, एक महिना भित्रै उपलब्ध हुने

फेरि खुल्यो क्रसएक्स २५०आर ईएफआईको बुकिङ, एक महिना भित्रै उपलब्ध हुने

काठमाडौं – युवाहरुको रोजाइमा पर्ने बाइक क्रसएक्स २५० आर ईएफआईको बुकिङ...

नेपालमै एसेम्बल भयो क्रसएक्स २५० आर ईएफआई, मूल्य पहिले भन्दा ५० हजार कम

नेपालमै एसेम्बल भयो क्रसएक्स २५० आर ईएफआई, मूल्य पहिले भन्दा ५० हजार कम

काठमाडौं – क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । पहिले...

यस्तो छ नेपालमै एसेम्वल भएर बिक्री सुरु भएको नयाँ स्पोर्टी स्कुटर, मूल्य ३ लाख ७५ हजार

यस्तो छ नेपालमै एसेम्वल भएर बिक्री सुरु भएको नयाँ स्पोर्टी स्कुटर, मूल्य ३ लाख ७५ हजार

काठमाडौं– नेपालमा पछिल्लो समय स्वदशमै सवारीसाधन एसेम्वल हुने ट्रेण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...